अन्तर्राष्ट्रिय फुटबलफुटबल

फिफा वेस्ट अवार्ड मनोनयन : सिटीका सर्वाधिक ६ खेलाडी, परेनन् रोनाल्डो, नेमार र भिनिसियस

फिफाले प्रदान गर्ने फिफा बेस्ट अवार्डका लागि विभिन्न विधामा मनोनयन सार्वजनिक भएको छ।

फिफाले गएराति सार्वजनिक गरेको मनोनयनमा ट्रेबल विजेता म्यानचेष्टर सिटीबाट ६ खेलाडी समावेश परेका छन्। जसमा एर्लिङ हालान्ड, जुलियन अल्भारेज, इल्केइ गुन्डोगान, बर्नार्डो शिल्भा, केभिन डे ब्रुएना र रोड्री छन्।

यस्तै, अर्जेन्टिनालाई विश्वकप दिलाएका कप्तान लियोनल मेसी पनि मनोनयनमा परेका छन् । उनीसँगै हालान्ड यो अवार्डका मुख्य दाबेदार हुन्।

यस्तै, पिएसजी तथा फ्रान्सका कप्तान केलिएन एमबाप्पे र यसैसिजन आर्सनल आएका मिडफिल्डर डेक्लान रइस, नापोलीका स्ट्राइकर यस सिजन बार्सिलोना पुगेका ईल्के गुन्डोगान पनि मनोनयनमा छन् ।

यस्तै आर्सनलका डेक्लान राई, नापोलीका भिक्टोर ओसिमहेन र ख्रिचा काभाराचखैया तथा अल नासेरका क्रोएसियन मिडफिल्डल मार्सेलो ब्रोजोभिच पनि मनोनयनमा परेका छन्।

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र ब्राजिलियन स्टार नेमार भने मनोयनमा पर्न सकेनन्। दुलै अहिले साउदीम व्यवसायिक फुटबल खेल्छन्। यस्तै, अघिल्लो सिजन उत्कृष्ट फर्मममा रहेका रियल मड्रिडका ब्राजिलिय विंगर भिनिसिय जुयिनर पनि मनोनयनमा अटाउन सकेनन्।

महिलातर्फ विश्वकप विजेता स्पेनका कप्तान आईतना बोनमाटीसहित १६ खेलाडी मनोनयनमा छन्।

पुरुष प्रशिक्षकतर्फ सिटीकै पेप ग्वार्डिओला, ईन्टर मिलानका सिमोन ईन्जाघी, टोटनहमका एन्ज पोस्टेग्लु, ईटलीका लुसियानो स्पालेट्टी र बार्सिलोनाका जाभी छन्।