फिफा वरियता : फ्रान्स र बेल्जियम शीर्ष स्थानमा, नेपाल एक स्थानमाथि उक्लियो

विश्व फुटबल महासंघ (फिफा)ले फुटबलको नयाँ वरियता सार्वजनिक गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा विश्वविजेता फ्रान्स र विश्वकपमा तेस्रो स्थान हात पारेको बेल्जियम संयुक्त रुपमा शीर्ष स्थानमा छन् । यसअघि बेल्जियम दोस्रो स्थानमा थियो ।

फिफा बरियताको तेस्रो स्थानमा ब्राजिल छ भने चौथो स्थानमा विश्वकपको उपविजेता क्रोएसिया छ । यस्तै पाँचौ स्थानमा उरुग्वे, छैटौं स्थानमा इंग्ल्यान्ड, सातौंमा पोर्चुगल, आठौंमा स्वीट्जरल्यान्ड, नवौंमा स्पेन र १०औं स्थानमा डेनमार्क छ ।

यस्तै, दूई पटकको विश्वविजेता अर्जेन्टिना ११औं स्थानमा छ भने विश्वकपको समूहरचणबाटै बाहिरिएको ४ पटकको विश्व विजेता जर्मनी १२औं स्थानमा छ । यस्तै नेदरल्यान्ड्स १७ औं र इटाली २० औं स्थानमा छ ।

नेपाल एक स्थानमाथि उक्लियो
फिफाको नयाँ वरियतामा नेपाल १६०औं स्थानमा छ । फिफले बिहीबार सार्वजनिक गरेको विश्व बरियतामा नेपाल एक स्थान माथि उक्लिदै १६०औं स्थानमा पुगेको हो । भर्खरै सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले सेमिफाइलनसम्मको यात्रा तय गरेको थियो ।

यसैगरी नयाँ वरियतामा १ स्थान तल झरेको भारत ९७औं स्थानमा छ । यस्तै, भर्खरै साफ च्याम्पियनसिपको उपाधि जितेको माल्दिभ्स पनि एक स्थान तल झरेको छ । माल्दिभ्स १५१ औं स्थानमा छ भने भुटान ५ स्थान तल झर्दै १८८ औं स्थान छ ।
यस्तै, बंगलादेश भने १ स्थानमाथि उक्लँर्दै १९३ औं स्थानमा पुगेको छ भने श्रीलंका एक स्थान र पाकिस्तान २ स्थानमाथि उक्लिदै समान १९९ औं स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *