फिफा वरियतामा नेपाल २ स्थानमाथि उक्लियो, बेल्जियम शीर्ष स्थानमै

Read Time:1 Minute

फिफा वरियतामा नेपाल २ स्थान सुधार गरेको छ। फिफाले बिहीबार गरेको अपडेटमा नेपाल २ स्थानमाथि उक्लँदै ¥याकिङमा १६७औं स्थानमा आइपुगेको छ।

गत साता दशरथ रंगशालामा भएको दुई मैत्रीपूर्ण खेलमा जित निकालेकाले नेपालले फिफा वरियता सुधार गरेको हो। अफ्रिकी मुलुक मोरिससविरुद्ध नेपालले दुवै खेलमा समान १–०को जित निकालेको थियो।

दक्षिण एसियालीमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दाअघि भारत र माल्दिभ्स छन् । भारत १०४ र माल्दिभ्स १५७औं स्थानमा छन्।

नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान छन् । बंगलादेश १८६, भुटान १८५, पाकिस्तान १९७ र श्रीलंका २०४औं स्थानमा छन् ।

नयाँ वरियता पनि बेल्जियम शीर्ष स्थानमै कायम छ । दोस्रो स्थानमा ब्राजिल र तेस्रो स्थानमा फ्रान्स छन् । यता, विश्वकप छनोटका दुवै खेलमा जित निकालेको अर्जेन्टिना १ स्थान माथि उल्कँदै चौथो स्थानमा आइपुगेको छ। इंग्ल्यान्ड भने एक स्थान तल झर्दैै पाँचौं स्थानमा आइपुगेको छ।

यस्तै, इटाली छैठौं, स्पेन सातौं, पोर्चुगल आठौं, डेनमार्क नवौं र नेदरल्यान्ड्स १०औं स्थानमा छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एएफसी कप छनोटमा मछिन्द्रले श्रीलंकन टिमसँग दशरथ रंगशालामा खेल्ने
Next post एनएनआईपिए स्पोर्टस अवार्ड फागुनमा, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख दिइने
Close