फिफा वरियतामा नेपाल १७१औं स्थानमै, बेल्जियम शीर्ष स्थानमा

नेपाल फिफको नयाँ वरियतामा पनि १७७औं स्थानमै यथावत रहेको छ । यो एक महिनाको अवधिमा कुनैपनि अन्तर्राष्ट्रिय खेल नभएका नेपालको वरियता यथास्थानमै रहेको हो।

नेपालले अन्तिम पटक गत चैतमा त्रिदेशीय कप खेलेको थियो। अब नेपालले शनिबार इराकसँग मैत्रीपूर्ण खेले खेल्दैछ ।

दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा माथि रहेका भारत १०५औं, मादिभ्स १५५औं स्थानमा छन् । यस्तै, बंगलादेश १८४औं, भुटान १८७ औं, पाकिस्तान १९९ औं र श्रीलंका २०४ औं स्थानमा छन्।

फिफा वरियताको शीर्ष स्थानमा बेल्जियम नै यथावत रहेको छ। यस्तै, दोस्रो स्थानमा विश्वविजेता फ्रान्स, तेस्रो स्थानमा ब्राजिल छन् । यस्तै, चौथोमा इंग्ल्यान्ड, पाँचौंमा पोर्चुगल, छैटौंमा स्पेन, सातौंमा इटाली, आठौंमा अर्जेन्टिना, नवौंमा उरुग्वे र दशौं स्थानमा डेनमार्क छन् ।

Facebook Comments Box