प्रज्वल क्षेत्री र प्रकाश श्रेष्ठ फिफा रेफ्रीमा मनोनित

नेपालका प्रज्वल क्षेत्री र प्रकाशनाथ श्रेष्ठ २०२१ फिफा अन्तर्राष्ट्रिय रेफ्रीको सूचीमा मनोनित भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार क्षेत्री र श्रेष्ठलाई सुदिप पाण्डे र श्रवण लामाको स्थानमा मनोनित गरिएको हो।

यस्तै महिलातर्फ अस्मिता मानन्धरको स्थानमा अन्जना राई फिफा रेफ्रीमा मनोनित भएकी छिन्। सहायक रेफ्रीतर्फ रोजेन श्रेष्ठ र पदम भूलेजको नाम पनि हटाइएको छ। उनीहरूको स्थानमा कृष्ण कनैया यादव र विक्रम चौधरीलाई मनोनित गरिएको छ।

एन्फाको रेफ्री कमिटीले नयाँ फिफा अन्तर्राष्ट्रिय रेफ्रीको सूची स्वीकृत गरेको हो। सबै रेफ्रीहरूको फिटनेस र मेडिकल परीक्षण गरेपछि रेफ्रीको सूची स्वीकृत गरिएको एन्फाले जनाएको छ।

फिफा रेफ्री : नविन्द्र मानन्धर, कविन व्यन्जनकार, प्रज्वल क्षेत्री, प्रकासनाथ श्रेठ, अन्जना राई (महिला)

फिफा सहायक रेफ्री : बिना श्रेष्ठ (महिला), नानीराम थापामगर, माधव खत्री, युनाल श्रेष्ठ, सहदेव श्रेष्ठ, विक्रम चौधरी, कृष्ण कनैया यादव

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.