१० खेलाडीमा सीमित बार्सिलोना कार्डिचसँग रोकियो

स्पेनिस ला लिगाका बार्सिलो पुनः बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा दश खेलाडीमा समेटिएको बार्सिलोना कार्डिचसँग गोलरहित बराबरीमा रोकिएको हो।

खेलको ६५औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । फ्रान्की डि जोङ रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । खेलमा बल पोजसन राम्रो बनाए पनि बार्सिलोना पर्याप्त आक्रमण गर्न सकेन । अघिल्लो सिजन मात्र शीर्ष डिभिजन बढुवा भएको कार्डिचविरुद्ध बार्सिलोनाले अहिलेसम्म जित निकाल्न सकेको छैन।

यो बराबरीपछि बार्सिलोनाले ५ खेलमा ९ अंक मात्र जोडेको छ। खराब प्रदर्शन गरिरहेको बार्सिलोनाले २ जित र ३ बराबरी खेलेको छ । ऊ सातौं स्थानमा छ।

यस्तै, अर्को खेलमा रियल सोसिडाड विजयी भएको छ । बिहीबार राति भएको खेलमा रियल सोसिडाडले ग्रानाडालाई ३–२ हरायो । सोसिडाडको जितमा अरित्ज इलुस्टोन्डोले दुई तथा माइकल मेरिनोले एक गोल गरे भन् ग्रानाडाका जर्मन सान्चेज र लुईस मिल्लाले गोल गरेका थिए ।

Facebook Comments Box