घरेलु मैदानमा वुल्भ्सको लागतार तेस्रो हार, ७४ वर्षपछि ब्रेन्टफोर्डको अवे जित

इंग्लिस प्रिमियर लिगमा वुल्भ्स खराब प्रदर्शन गरेको छ। प्रियिमर लिगमा खराब प्रदर्शन गरिरहेको वुल्भ्सले घरेलु मैदानमा लागतार तस्रो हार बेहोरोको छ।

शनिबार साँझ भएको खेलमा वुल्भ्स १० खेलाडीमा सीमित नवप्रवेशी क्लब ब्रेन्टफोर्डसँग २–०ले पराजित भयो। प्रिमियर लिगमा ५ खेलमा यो उसको चौथो हार हो।

यसअघि वुल्भ्स घरेलु मैदानमा टोटनहम, म्यान्चेस्टर युनायटेडसँग पराजित भएको थियो भने लेस्टर सिटीसँग उसकै मैदानमा पराजित भएको थियो । यी तीनै खेलमा वुल्भ्स समान १–०ले पराजित भएको थियो।

ब्रेन्टफोर्डको जितमा इभान टोनी र ब्रेयन एमबेउमोले गोल गरेका थिए । उसले दुवै गोल पहिलो हाफमा गरेको थियो।

२८औं मिनेटमा टोनीले गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुआती अग्रता दिलाए । वुल्भ्सका गोलकिपर जोसे साले डिबक्समा फाउल गरेपछि प्राप्त पेनाल्टीमा टोनीले गोल गरेका थिए ।

३४औं मिनेटमा एमबेउमोले टोनीकै पासमा गोल गर्दै ब्रेन्टफोर्डको अग्रता दोब्बर बनाए। ६४औं मिनेटमा ब्रेन्टफोर्ड १० खेलाडीमा समेटियो । उसको सान्डोन बाप्टिस्टेले दोहोरो पहेँलो कार्ड पाएका थिए ।

त्यसपछि गोल नहुँदा खेलमा कुनै गोल नहुँदा ब्रेन्टफोर्ड विजयी भयो। खेलअधिभर वुल्भ्स ब्रेन्टफोर्डलाई दबाबमा राखेपनि गोल गर्न भने सकेन।

शीर्ष डिभिजनमा ब्रेन्टफोर्डको ७४ वर्षपछिको अवे जित हो । जितसँगै ब्रेन्डफोर्ट प्रिमियर लिगमा बढुवा भएकै सिजन ५ खेलमा ८ अंक जोड्ने १४औं टिम बनेको छ । यी १३ क्लब नै रेलिगेसनबाट बचेका थिए। वुल्भ्सले प्रियिमर लिगमा बढुवा भएको पहिलो सिजन नै सुरुआती ५ खेलमा सर्वाधिक १३ अंक जोडेको थियो।

Facebook Comments Box