लोकाटेली चम्किँदा इटालीको सहज जित, बन्यो नकआउट चरण पुग्ने पहिलो टिम

स्विट्जरल्यानडविरुद्ध सहज जित निकाल्दै इटाली जारी युरकपका नकआउट चरण पुग्ने पहिलो टिम बनेको छ। बुधबार राति घरेलु मैदान रोमा भएको खेलमा स्विट्जरल्यान्डलाई ३–०ले हराउँदै इटाली समूह एबाट नकआट चरण प्रवेश गरेको हो।

समूहमा इटालीको यो लगातार दोस्रो जित हो । यसअिघ उसले पहिलो खेलमा टर्कीमाथि पनि ३–० कै जित निकालेको थियो।

इलालीलाई सहज जित निलाउन म्यानुएल लोकाटेलीको दुई गोल गर्दा सिरो इमोबाइलले एक गोल गरे । इटालीले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो ।

२६औं मिनेटमा लोकाटेलीले गर्दै इटालीलाई सुरुआती अग्रता दिलाएका थिए । ५२औं मिनेटमा लोकाटेलीले नै डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए । ८९औं मिनेटमा इमोबाइलले गोल गरेपछि इटालीले ३–०को जित निकाल्यो।

यो जितसँगै इटालीले आफ्नो जितको यात्रालाई नवौं खेलसम्म पु¥याएको छ। उसले गत अक्टोबरमा भएको नेसन्स लिगमा नेदरल्यान्डसँग १–१ गोलको बराबरी खेलयता लगातार जित निकालेको छ। यसयता उसले कुनै पनि गोल नखाई जित निकालेको छ।

यता, हारपछि स्विट्जरल्यान्ड भने समूह चरणबाटै बाहिरिने खतरा बनेको छ। दुई खेलमा उसको १ अंक मात्र छ । उसलाई अघिल्लो चरण पुग्न अन्तिम खेलमा टर्कीलाई हराउनै पर्ने बाध्यता छ ।

Facebook Comments Box