
अब फुटबलमा ५ खेलाडी परिवर्तन गर्न पाइने
अबदेखि जुनसुकै फुटबल प्रतियोगितामा ५ खेलाडी परिवर्तन गर्न पाइने भएको छ । विश्व फुटबल महासंघ (फिफा)ले फुटबलमा खेलाडी परिवर्तनको नियम परिवर्तन गरेसँगै अब फुटबलमा ५ खेलाडी परिवर्तन गर्न पाइने भएको हो ।
फिफाअन्गर्ततको इन्टरनेशनल फुटबल एसोसिएसन बोर्ड (आईएफएबी) ले खेलाडीको सुरक्षाका लागि यो नियम लागू गरिएको हो । आईएफएबी फुटबलको नियम बनाउने संस्था हो ।
फिफाले यो नियम अस्थायी रुपमा लागूका गरेको छ । यो नियम २०२० को जुन १देखि २०२१ को डिसेम्बर ३१ सम्मका लागि लागू गरिएको हो । कोरोनाभाइरसका कारण संसारभर फुटबल लिग स्थगित भएको अवस्थामा सिजनका बाँकी खेल छोटो अवधिमा सक्नका लागि एक खेलमा पाँच खेलाडी परिवर्तन गर्न सकिने नियम लागू गरिएको फिफाले जनाएको छ ।
एक टिमले खेलाडी परिवर्तन गर्न तीन वटा अवसर मात्र पाउनेछ भने हाफ टाइममा पनि खेलाडी परिवर्तन हुन सक्नेछन्। त्यसैले पाँच खेलाडी नै परिवर्तन गर्नु परेमा एक टिमले कम्तिमा एकै पटकमा दुई खेलाडी परिवर्तन गर्नु पर्नेछ। कोरोना महामारीले गर्दा फुटबल अहिले स्थगित छ र अब फुटबल फेरि शुरु हुँदा खेलाडीको फिटनेस कायम राख्न अस्थायी रुपमा नियम परिवर्तन गरिएको हो ।
कोरोनाका कारण छोटो अवधिमा खेलहरु आयोजना हुँदा खेलाडीको घाइते हुन सक्ने भएकाले पाँच जना सब्स्टिच्युटको प्रावधान राखिएको फिफाले जनाएको छ। यो निमयले खेलाडीको सुरक्षा हुने फिफाको दाबी छ।