एक फुटबलरमा देखियो कोरोना संक्रमण

नेपलाी राष्ट्रिय फुटबल टिमका एक जना खेलाडीमा कोराना संकमण देखिएको छ । विश्वकप छनोटको तयारीका लागि बन्द प्रशिक्षणममा बोलाइएका एक खेलाडीका कोरोना देखिएको हो । उनको नाम भने गोप्य राखिएको छ ।

एन्फाले भदौ १ गतेदेखि सुरु हुने बन्द प्रशिक्षणका सुरु गर्न ३४ खेलाडीलाई बोलाएको थियो । तीसबै खेलाडीको सोमबार र मंगलबार कोराना परीक्षण गरिएको थियो । सोमबर ११ र मंगलबार २३ खेलाडीको परीक्षण गरिएको थियो । एन्फाले ३४ खेलाडीसहित कुल ५४ जनाको कोरोना परीक्षण गराइएको थियो ।

मंगलबार परीक्षण गरिएका २३ मध्ये एक खेलाडीका कोरोना संक्रमण देखिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले महाशाखाले अब उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा एन्फासँग छलफल भइरहेको बताएको छ ।

‘एक जना खेलाडीको रिपोर्ट पोजेटिभ आएको छ । हामी उहाँलाई खबर गर्छौँ । उहाँ कहाँ कसरी बसिरहनुभएको छ, हाम्रो टिमले बुझ्छ’ महाशाखाले भन्यो, ‘होम आइसोलेसनमा बस्ने हो भने त्यहीँ बस्न सल्लाह दिन्छौँ । लक्षण छ हस्पिटल लैजानुपर्ने भयो भने हस्पिटल लैजान सल्लाह दिन्छौँ ।’

एएफसीले विश्वकप छनोटका खेल सन् २०२१ सम्म स्थागित गरेपछि एन्फाले पनि बनद प्रशिक्षण स्थागित गरेको छ । बन्द प्रशिक्षण स्थगित भएपछि अन्य खेलाडीहरु पनि घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP