मान्जुकिजले ६ महिनामै छाडे कतारी क्लब

क्रोएसियन स्ट्राइकर मारियो मान्जुकिजले ६ महिनामै कतारी क्लब छाडेका छन् । गत जनवरीमा फ्रि ट्रान्सफरमा कतारी क्लब अल दुहाइलमा आबद्ध भएका मान्जुकिजले ६ महिना नबित्तै क्लब छाडेका हुन ।

सोमबार सामाजिक सञ्जाल मार्फत मान्जुकिजले आफूले कतारी क्बल दुहाइल छाडेको बताएका छन् । मान्जुकिजले दुहाइल छाडेको घोषणा गर्दै खेलेका छन्, ‘कतारमा पाएको विश्वास र आतिथ्यको म कदर गर्दछु र भविष्यमा क्लब र टिमको लागि शुभकामना गर्दछु ।’

३४ वर्षे मान्डजुकिकले आफुले सहमतिमा क्लबसँगको सम्झौता अन्त्य गरेको बताएका छन् । अल दुहाइलबाट मान्जुकिजले १० खेल खेल्दै २ गोल गरेका छन् । इटालियन क्लब युभेन्ट्सले सम्झौतान नवीकरण नगरेपछि मान्जुकिज कतार लागेका थिए । प्रशिक्षकमा माउरिसियो सारी नियुक्त भएसँगै मान्जुकिजले युभेन्ट्समा स्थान पाउन छाडेका थिए ।

मान्नुकिज सन् २०१५ मा एट्लेटिको म्याड्रिडबाट युभेन्टस आएका थिए । युभेन्टसमा उनले १६२ खेल खेल्दै ४४ गोल गरेका छन् । उनले युभेन्टसबाट ९ उपाधि जितेका छन् । जसमा ४ सिरि ए, ३ कोपा इटालिया र १ सुपरकोपा इटालियाना छ ।

मान्जुकिजले गोल गरेको खेलमा युभेन्टस एक खेलमा मात्र पराजित भएको छ । मान्डुकिजले गोल गरेका ४१ खेलमा युभेन्टसले ३९ जित १ बराबरी १ हारको सामाना गरेको थियो । तीमध्ये १९ खेल उनकै निर्णायक गोलमा युभेन्टस विजयी भएको छ ।

सन् २०१७ को च्याम्पिन्सय लिगको फाइलनमा रियल म्याड्रिडविरुद्ध मान्जुकिजले उत्कृष्ट बाइसाइकल गोल गरेका थिए, तर सो खेलमा युभेन्टसमा ४–१ले पराजित भएको थियो ।

क्रोएसियालाई रसिया विश्वकपको उपविजेता बनाए लगत्तै उनले राष्ट्रिय टिमबाट सन्यास लिएका थिए । उनले क्रोएसियाका लागि ८९ खेलमा ३३ गोल गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.