एन्जिला, गीता, अनिता र सुरुले पाकिस्तान लिग खेल्ने

नेपाली राष्ट्रिय महिला फुटबल टिमका चार खेलाडीले पाकिस्तानको महिला लिग खेल्ने भएका छन् । नेपाली महिला टिमका सदस्यहरु एन्जिला तुम्बाप्पो सुब्बा, गीता राना, अनिता केसी र सरु लिम्बुले पाकिस्तान महिला लिग ‘राष्ट्रिय महिला वुमेन्स च्याम्पियनसिप’ खेल्ने पक्का भएको हो।

चारै जना नेपाली खेलाडीलाई मासा युनाइटेडले अनुबन्धन गरेको छ । सन् २०१९ मा स्थापना भएको मासा युनाइटेडले घरेलु महिला लिगमा गरेको प्रदर्शनको आधारमा नेपाली खेलाडीलाई टोलीमा आबद्द गरेको हो ।

मासा क्लबले एन्फालाई खेलाडी पठाउन आग्रह गरेको थियो । त्यसपछि एन्फा, राष्ट्रिय खेलकुद परिषद् राखेप, एपीएफ क्लब र गृह मन्त्रालयको सिफारिससँगै चार खेलाडी पाकिस्तानको घरेलु लिग खेल्ने टुंगो लागेको हो ।

प्रतियोगिताका लागि उनीहरू बिहीबार दुबई हुँदै पाकिस्तान जाने बताइएको छ । चारै खेलाडीले घरेलु फुटबलमा एपिएफबाट खेल्छन् ।

चारै जनाले पहिलो पटक विदेशमा पुगेर प्रतियोगिता खेल्न लागेका हुन्। यसअघि स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतले भारतीय लिग खेलेका थिए ।

२० क्लब सहभागी हुने प्रतियोगिता मार्च ८ बाट अप्रिल ३ सम्म कराँचीमा आयोजना हुँदैछ । नेपाली खेलाडी सम्मिलित मासा युनाटेड समूह ‘बी’मा छ । प्रत्येक समूहमा पाँच टोली रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.