एम्बाप्पेको गोलमा फ्रान्स विजयी, बेल्जियमले डेनमार्कलाई हरायो

युवा स्ट्राइकर किलियन एम्बाप्पेको निर्णयक गोल मद्दतमा युईएफए नेसन्स लिगको पहिलो खेलमा विश्व च्याम्पियन फ्रान्स विजयी भएको छ । शनिबार राति भएको खेलमा एम्बाप्पेको गोल मद्दतमा फ्रान्सले स्वीडेनलाई १–०ले हराएको हो ।

निकै प्रतिस्पर्धात्क खेलमा एम्बाप्पेले एम्बाप्पेले ४१ औं मिनेट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले तीन डिफेन्डरलाई बिट गर्दै बायाँ भागटबाट टाइट एंगलमा गोल गरेका थिए ।

खेलमा पटड भने स्वीडेनले बनाएको थियो । उसले ५१ प्रतिशत बल पोजेसन बनाउँदे फ्रान्सको पोस्टमा ९ सट प्रहार गरेको थियो, जसमध्ये २ सट फ्रेममा थियो । यता, फ्रान्सले ७ सट प्रहार गर्दा १ सट मात्र फ्रेममा थियो ।

यसैगरी शनिबार राति नै भएको खेलमा बेल्जियमले डेनमार्कलाई २–० ले हरायो । समूह बीको खेलमा गत विश्वकपको सेमिफाईनल खेलेको बेल्जियमले डेनमार्कविरुद्ध सहज जित निकालेको हो।

बेल्जियमले आफ्ना पछिल्ला ११ खेलमा जित निकाल्न सफल भएको छ । डेनमार्कको भने १५ खेलपछिको पहिलो हार हो ।

बेल्जियमको जितमा जेसन डेनियर र डेरिस मार्टेन्सले एक एक गोल गरे । डेनियरले नवौं मिनेटमा बेल्जियमलाई अघि बढाएका थिए । ७६ औं मिनेटमा नापोलीका मार्टेन्सले गोल गर्दै बेल्जियमको जित सुनिश्चित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP