युरोकप छनोट : फ्रान्स र इंग्ल्यान्डको सहज जित

युरोकप छनोटमा विश्वविजेता फ्रान्स र इंग्ल्यान्डले सहज जित हात पारेका छन् । शनिबार राति भएको खेलमा फ्रन्सले अल्बानियालाई ४–१ले हरायो भने इंग्ल्यान्डले बुल्गेरियामाथि ४–०को सहज जित निकाल्यो ।

घरेलु मैदानमा फ्रान्सलाई सहज जित दिलाउने क्रममा किन्सली कोमनले २ गोल गरे भने ओलिभर जिरुड र नानिटामो इकोनेले समान १ गोल गरे । अल्बानियाका सोकोल चिकाल्लेसीले गोल गरे ।

फ्रान्सले आठौं मिनेटमै कोमको गोलमा सुरुावती अग्रता लियो । २७औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २ गोल गरेको फ्रान्सले दोस्रो हाफमा पनि थप २ गोल ग¥यो ।

बार्यन म्युनिखका स्ट्राइकर कोमनले ६८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३–०को स्थितिमा पु¥याए । ८५औं मिनेटमा इकोनेले गोल गर्दै फ्रान्सलाई ४–०को सहज स्थितिमा पु¥याए । लिल्लेका स्ट्राइकर इकोनेले यसैखेल मार्फत् राष्ट्रिय टिममा डेब्यू गरेका थिए । पिएसजीको पूर्व स्ट्राइकर इकोने डेब्यू खेलमै गोल गर्न सफल भए ।

अल्बानियाका सोकोलले ९० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता कम गरेका थिए । यो जितसँगै फ्रान्स युरोकप छनोटको समूह एचमा ५ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । अल्बानिया भने ६ अंकका साथ चौथो स्थानमा छ ।

यसैगरी इंग्ल्यान्डले बुल्गेरियाविरुद्ध ४–०को एकपक्षीय जित निकालेको छ । बेल्मेली रंगशालामा इंग्ल्यान्डलाई शानदार जित दिलाउने क्रममा कप्तान ह्यारी केनले ह्याट्रिक गरे भने रहिम स्टर्लिङले १ गोल गरे ।

केनले २४, ४९ र ७३औैं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । केनले पछिल्ला २ गोल पेनाल्टी मार्फत् गरेका थिए । यता, स्टर्लिङले ५५ औं मिनेटमा गोल गरेका थिए ।

युरोकप छनोटको समूहमा तीनवटै खेल जितेको इंग्ल्यान्ड ९ अंकका साथ शीर्ष स्थानमा छ । ५ खेलमा २ अंकमात्र जोडेको बुल्गेरिया भने पुछारबाट दोस्रो स्थानमा छ । यो समूहमा ४ खेलमा ८ अंक जोडेको कोसोभो दोस्रो र ४खेलमै ६ अंक जोडेको चेक रिपब्लिक तेस्रो स्थानमा छन् ।

यसैगरी शनिबार राति नै भएका अन्य खेलमा युक्रेनले लिथुवानीयालाई ३–०ले पराजित ग¥यो भने टर्कीले एन्डोरामाथि १–०को कठीन जित निकाल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP