केनको ह्याट्रिकमा इंग्ल्यान्ड युरोकपमा, फ्रान्सको कठीन जित

मन्टेनेग्रोलाई ७–०को फाराकिलो अन्तरले पारजित गर्दै इंग्ल्यान्ड सन् २०२० मा हुने युरोकपका लागि छनोट भएको छ । छनोटको समूह एको खेलमा कप्तान ह्यारी केनले ह्याट्रिक गरेपछि इंग्ल्यान्डले मन्टेनेग्रोमाथि फाराकिलो जित निकालेको हो ।

यो इंग्ल्याडको १ हजारौं खेल थियो । इंग्ल्यान्डको सहज जितमा ह्यारी केनका अलावा एलेक्स ओक्सलेड चाम्बरलिन, मार्कस रासफोर्ड र टोमी अब्राहमले एक–एक गोल गरे ।

चाम्बरलिनको गोलबाट ११औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । १८आंै मिनेटमा केनले टिमको अग्रता दोब्बर बनाए । २४औं मिनेटमा केन र ३०औं मिनेटमा रासफोर्डले गोलगरेपछि ३० मिनेटभित्रै इंंग्ल्यान्डले ४–०को फाराकिलो अग्रता बनायो ।

३७औं मिनेटमा गोल गर्दै केनले ह्याट्रिक पुरा गरेका थिए । ६६आंै मिनेटमा सोफ्रनाकको आत्मघाति गोलमा इंग्ल्यान्ड ६–०को अग्रता लियो भने ८४औं मिनेटमा अब्राहमले गोल गर्दै टिमलाई ७–०को सहज जित दिलाए ।

समूह एमा ७ खेलमा १८ अंक जोड्दै इंग्ल्यान्ड युरोपकका लागि छनोट भएको छ । यस्तै १५ अंक जोडेको चेक रिपब्लिक पनि छनोट नजिक पुगेको छ । अन्तिम खेलमा बुग्लेरियाविरुद्ध १ अंक जोड्न सके चेक युरोकपका लागि छानिने छन् । यस्तै, पराजित हुँदा पनि ऊ छनोट हुन सक्छ । त्यसका लागि इंग्ल्यान्डले कोसोभोलाई कम्तिमा बराबरीमा रोके पुग्छ ।

यसैगरी फ्रान्सले माल्दोभामाथि २–१ को कठीन जित निकलोको छ । ओलिभर जिरुडले खेलको अन्त्यतिर गरेको गोलको मद्दतमा १–० ले पछि परेको अवस्था उल्टाउँदै फ्रान्सले जित निकालेको हो । यो जितसँगै फ्रान्स पनि युरोकपका लागि छानिएको छ । समूह एचमा फ्रन्सले ९ खेलमा २२ अंक जोड्को छ । २० अंक जोडेको टर्की पनि युरोकपका लागि छनोट भएको छ ।

खेलको नवौं मिनेटमा वडिम राटाले गोल गर्दै माल्दोभाले अग्रता लिएको थियो । राफेल भारानेले ३५ औं मिनटमा गोल गर्दै फ्रान्सलाई खेलमा फर्काएका थिए । ७८औं मिनेटमा ओलिभर जिरुडले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई जित दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP