विश्वकप छनोट : फ्रान्सले फिनल्यान्डलाई हरायो, हालान्डकाे ह्याट्रिकमा नर्वेको जित

सन् २०२२को कतार विश्वकपको युरोपियन छनोट अन्तर्गत मंगलबार राति भकएको खेलमा फ्रान्स र नर्वे विजयी भएका छन् । एन्टोनी ग्रिजम्याच चम्किएको खेलमा फ्रान्सले फिनल्याण्डलाई २–० ले हराएको हो भने नर्वेले जिब्राल्टरमाथि ५–१को जित निकाल्यो।

मंगलबार राति भएको खेलमा फ्रान्सको जितमा दुवै गोल एन्टोनी ग्रिजम्यानले गरे। उनले २५औं र ५३औं मिनेटमा दोस्रो गोल गरेका थिए । विश्वकप छनोटमा लगातार दुई बराबरी पछि फ्रान्सको पहिलो जित हो। उसले बोस्निया हर्जगोभिना र युक्रेनसँग बराबरी खेलेको थियो ।

यसैगरी इर्लिङ हालाण्ड चम्किएको खेलमा नर्वेले जिब्राल्टरमाथि ५–१ को शानदार जित निकाल्यो। नर्वेको जितमा हालाण्डले ह्याट्रिक गरे भने क्रिस्टियन थोर्स्टभेड र लेक्जेन्डर सोरलोथले पनि एक गोल गरे ।

२२औं मिनेटमा क्रिस्टियन थोर्स्भेडको गोलमा नर्वेले सुरुआती अग्रता लियो। २९औं मिनेटमा हालान्ले नर्वेको अग्रतालाई दोब्बर बर्नाए । जिब्राल्टरका रियास स्टाइचले ४३औं मिनेटमा गोल गर्दै पाहुना टिमलाई खेलमा फर्काउने प्रयास गरे ।

तर, दोस्रो हाफमा नर्वेले थ दुई गोल गर्दै जित सुनिश्चित ग¥यो । उसका अलेक्जेन्डर सोरलोथले ५९औं मिनेटमा र हालान्डले इन्जुरी गोल गर्दै टिमलाई ५–१को जित दिलाए भने आफ्नो ह्याट्रिक पनि पुरा गरे।

फ्रान्स १२ अंक सहित समूह डीको शीर्ष स्थानमा छ । यसले दोस्रो स्थानको युक्रेनसंग ७ अंकको स्पष्ट अग्रता लिएको छ । यस्तै, समूह जीमा १३ हंक जोडेको नर्वो दोस्रो स्थानमा छ । यो समूहमा १३ अंक नै जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा छ।

Facebook Comments Box