मैत्रीपूर्ण खेलमा फ्रान्स र स्पेनको सहज जित

युरोकप सुरु हुनु २ दिनअघि मात्र भएको मैत्रीपूर्ण खेलमा फ्रान्स र स्पेनले सहज जित हात पारेका छन्। मंगलबार राति भएको खेलमा ओलिभर जिरुडको २ गोलमद्दतमा फ्रान्सले बुल्गेरियालाई ३–०ले हराउँदा स्पेनले लिथुवानियामाथि ४–०को जित निकाल्यो।

फ्रान्सलाई सहज जित दिलाउन जिरुडे २ गोल गरे भने अर्को गोल एन्टोइन ग्रिजमनले गरे। घरेलु मैदानमा ग्रीजमनले २९औं मिनेटमा बाइसाइकल किकमार्फत उत्कृष्ट गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए।

करिम बेन्जिमा घाााइते भएपछि ४१औं मिनेटमा मैदान प्रवेश गरेका जिरुडले अन्तिम १० मिनेटभित्र दुई गोल गर्दै टिमलाई सहज जित दिलाए । उनले ८३औं मिनेटमा बेन्जामिन पाभार्ड र ९०औं मिनेटमा विसम बेन इडरको पासमा गोल गरेका थिए ।

यसैगरी घरेलु मैदानमा स्पेनलाई सहज जित दिलान ह्गुगो गुइल्लामन, ब्राहिम डियाज, जुआन मिरान्डा, जाभी पाउडोले गोल गरेका थिए । स्पेनले लिथुवानियाविरुद्ध दोस्रो रोजाईको टिम उतारेको थियो।

यही जुन ११ देखि सुरु हुने युरोकपमा फ्रान्स ग्रुप अफ डेथमा छ । समूह एफमा फ्रान्ससँगै साविक विजेता पोर्चुगल, जर्मनी र हंगेरी छन् ।

Facebook Comments Box