बेन्जिमाको पुनरागमन खेलमा फ्रान्स विजयी

भेट्रान स्ट्राइकर करिम बेन्जिमाले ६ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेको खेलमा फ्रान्स विजयी भएको छ। युरोकप २०२० अघि भएको मैत्रीपूर्ण खेलमा वेल्सविरुद्ध खेल्दै बेन्जिमाले ६ वर्षपछि राष्ट्रिय टिममा पुनरागन गरेको खेलमा फ्रान्स ३–०ले विजयी भयो ।

पछिल्लो केही वर्षयता उत्कृष्ट फर्ममा रहेका रियल मड्रिडका स्ट्राइकर बेन्जिमा सन् २०१५ यता राष्ट्रिय टिमबाट पहिलो खेल खेलेका हुन्।

घरेलु मैदानमा फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पे, एन्टोइन ग्रिजम्यान र ओसमान डेम्बेलेले गोल गरे। खेलको २६ औं मिनेटमा निको विलियम्सले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो।

खेलको ३५ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । ४ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। त्यसपछि ७९औं मिनेटमा डेम्बेलेले गोल गर्दै फ्रान्सलाई ३–० को सहज जित दिलाए ।

Facebook Comments Box