म्याच प्रिभ्यू : विश्व च्याम्पियन र युरो च्याम्पियनबीचको महाभीडन्त, कसले जित्ला ?

युरोकपको समूह चरणको अन्तिम खेलमा आज दुई हेभिवेट टिम फ्रान्स र पोर्चुगल भिड्दै छन्। हंगेरीको बुडापेस्टमा हुने यो भीडन्तलाई विश्व च्याम्पियन भर्सेस युरो च्याम्पियनका रुपमा पनि हेरिहएको छ।

राति १२ः४५ बजे खेल सुरु हुँदा विश्वविजेता फ्रान्स सहज अवस्थामा हुने छ भने डिफेन्डिङ च्याम्पियन पोर्चुगल भने केही दबाबमा हुने छ।

बुडापेस्ट उत्रनु अघि नै नकआउट चरण पुगिसकेकाले फ्रान्सलाई पोर्चुगलविरुद्ध कुनै दबाब हुनेछैन। तर, पोर्चुगललाई त्यो छुट छैन । फ्रान्सविरुद्धको हारले समूह चरणबाटै बाहिरिने खतार पनि छ । त्यसैले नकआउट चरण सुरक्षित गर्न उसलाई अन्तिम बाराबरी आवश्यक पर्छ । हारले पोर्चुगल तेस्रो स्थानको शीर्ष चारमा पर्न सक्छ, तर त्यसका लागि हारको अन्तर १ गोलको हुनुपर्छ ।

यअसघिका खेलमा फ्रान्सले जर्मनीलाई १–०ले हराएको थियो भने हंगेरीसँग १–१ गोलको बराबरी खेलेको थियो । यता, पोर्चुगले हंगेरीलाई ३–०ले हराएको थियो भने ऊ जर्मनीसँग ४–२ ले पराजित भएको थियो।

यो भिडन्तलाई क्रिस्टियानो रोनाल्डो केलियन एमबाप्पेबीचको भीडन्तका रुपमा पनि हेरिएको छ। रोनाल्डो युरोपका सर्वाधिक सफल खेलाडी हुन् भने एम्बाप्पे सोही पदचाप पछ्याइरहेका युवा खेलाडी ।

ग्रुप अफ डेथका रुपमा रहेको यो समूहको विजेताले अन्तिम १६ मा केही सहज प्रतिद्वन्द्वी पाउने भएको पनि फ्रान्स, पोर्चुगल र जर्मनी समूह विजेता बन्ने होडमा छन् । फ्रान्स जितले मात्र समूह विजेता बन्ने छ भने जर्मनी र पोर्चुगललाई शीर्ष स्थानमा रहन आफूले जितेरमात्र पुग्दैन, अन्य खेलको नतिजा कुर्नु पर्छ।

फ्रान्सविरुद्ध खेल्दा पोर्चुगललाई डिफेन्सको चिन्ता भने हुने छ। किनभने उसले जर्मनीविरुद्ध ४ गोल खाएको थियो । तर उसका लागि गोलको समस्या रहेको छैन । अहिलेसम्म दुई खेलमा ५ गोल गरिसकेको छ । यसमा रोनाल्डोले तीन गोल गरिसकेका छन्।

डिफेन्समा राम्रो गरेपनि फ्रान्स गोल गर्न नसक्नुले केही चिन्ता थपेको छ। फ्रान्सले जर्मनीलाई १–० ले हराएको थियो भने हंगेरीसँग १–१ को बराबरी खेलेको थियो । फ्रान्ससँग आक्रमणका धेरै अस्त्र छन्, तर उनीहरुले धारिलो आगक्रमण बुन्न सकेका छैनन् ।

स्ट्राइकर द्वय करिम बेन्जिमा र एम्बाप्पे दुवै युरोकपमा गोलका लागि संघर्ष गरिरहेका छन् । यो फ्रान्सको सबैभन्दा ठूलो चिन्ताको विषय हो । यसमा अझ एमबाप्पेको तुलनामा बोन्जेमाको आलोचना बढी भइरहेको छ ।

पोर्चुगलको आक्रमण भने सही लयमा छ । रोनाल्डोले ५ संस्करण खेलेर कीर्तिमानी १२ गोल गरिसकेका छन् । यो फ्रान्सकै महान् मिचेल प्लाटिनीभन्दा तीन बढी हो । फ्रान्सविरुद्ध उनले ह्याट्रिक गर्न सक्छन् भने अन्तर्राष्ट्रिय गोलमा कीर्तिमानी इरानी स्ट्राइकर अलि दाइलाई उछिन्ने छन् । दाइले देशका लागि १ सय ९ गोल गरेका छन्।

Facebook Comments Box