फ्रेन्च कपको फाइनल दर्शकसहितको रंगशालामा हुने

फ्रेन्च कप फुटबल र फ्रेन्च लिग कप फुटबल प्रतियोगिताको फाइनल दर्शकसहितको रंगशालामा हुने भएको छ । सरकारले दुवै फाइनल हेर्नका लागि अनुमति दिएपछि दुवै फाइनलमा दर्शकको उपस्थिति हुने भएको हो ।

फ्रान्स सरकारले खेलकुद प्रतियोगिता हेर्न रंगशालामा ५ हजार दर्शकलाई अनुमति दिएसँगै फ्रेन्च कप र लिग कपको फाइनल दर्शकसहितको रंगशालामा हुने भएको हो । लकडाउन खुकुलो बनाउने योजना अनुसार फ्रान्स सरकारले ५ हजार दर्शकलाई खेल हेर्ने अनुमति दिएको हो ।

कोरोनाको कारण अनिश्चितकालका लागि स्थगित दुवै फाइनलको मिति अझै तय भएको छैन । फ्रेन्चकपको उपाधिका लागि पिएसजी र सेन्ट इटिने भिड्ने छन् भने लिगकपमा पिएसजीले लियोनसँग खेल्ने छ ।

कोरोना भाइरसका कारण फ्रान्सका दुवै डिभिजन लिग वान र टु दुवै रद्द गरिएको छ । लिग वानमा पिएसजी च्याम्पियन घोषणा गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.