एम्बाप्पे बन्लान् फ्रान्सको कप्तान?

Read Time:2 Minute

१० वर्षदेखि फ्रेन्च टिमको कप्तानी गरिरहेका ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि फ्रेन्च टिम नयाँ कप्तानको खोजीमा छ।

३६ वर्षीय लोरिसले सोमबार सन्न्यासको घोषणा गरेका थिए । लोरिसकै नेतृत्वमा सन् २०१८मा विश्वकप उपाधि जितेको फ्रान्स कतार विश्वकपमा उपविजेता बनेको थियो।

लोरिसको बहिर्गमनसँगै फ्रेन्च टिमको नेतृत्व कसले लिन्छ भन्ने चासोको विषय बनेको छ। धेरैले युवा स्ट्राइकर किलियन एम्बाप्पेलाई लोरिसको विकल्पका रुपमा हेरेका छन्।

५–६ वर्षदेखि माथिल्लो स्तरमा फुटबल खेलिरहेकाले उनलाई फ्रान्सको नयाँ कप्तानको रुपमा हेरिएको हो। उनको क्लब पिएसजीका प्रशिक्षक क्रिस्टोफर ग्लाटरले पनि एम्बाप्पे फ्रेन्च टिमको नेतृत्व गर्न तयार रहेको बताएका छन्।

२४ वर्षीय एम्बाप्पेले फ्रान्सका लागि ६६ खेल खेलिसकेका छन्, उनले ३६ गोल गरेका छन्। सन् २०१८ र २२ को विश्वकपका उनी मुख्य खेलाडी थिए ।

प्रशिक्षक ग्लाटरले एम्बाप्पेले फ्रेन्च टिमको आर्मब्यान्ड लगाए या नलगाए पनि उनी सच्चा लिडर भएको बताएका छन्।

यस्तै, म्यान्चेस्टर युनाइटेडका अनुभावी डिफेन्डर राफायल भरानेलाई पनि सम्भावित कप्तानका रुपमा हेरिएको छ। कतार विश्वकपमा उकप्तान रहेकाले पनि भरानेलाई सम्भावित कप्तानका रुपमा हेरिएको छ।

Happy
Happy
75 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
25 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सूर्य तामाङ बने इमर्जिङ प्लेयर
Next post कराते टोली बंगलादेश प्रस्थान
Close