मैत्रीपूर्ण खेलमा स्वीडेन विजयी

युरोकपअघि भएको मैत्रीपूर्ण खेलमा स्वीडेनले सहज जित निकालेको छ।  शनिबार राति भएको खेलमा स्वीडेनले अर्मेनियालाई ३–१ ले पराजित गरेको हो।

स्वीडेनलाई जित दिलानउ एमिल फोसवर्ग, मार्कुस डानियल्सन र मार्कुस बेर्जले गोल गरे भने अर्मेनियाका भाहान बिचाखछ्यानले एक गोल गरेका थिए।

१६औं मिनेटमा फोसवर्गले गोलमा स्वीडेनले सुरुआती अग्रता लियो । ३४औं मिनेटमा डानियल्सनले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर बनाए। ३८औं मिनेटमा सेबास्टियन लार्सेनले पेनाल्टीमा गोल गर्न नसक्दा स्वीडेनले पहिलो हाफमा ३–०को अग्रता लिने अवसर गुमायो ।

६४औं मिनेटमा अर्मेनियाका बिचाखछ्यानले गोल गर्दै खेललाई २–१मा ल्याए । तर, ८५औं मिनेटमा बेर्जले गोल गर्दै स्वीडेनलाई ३–१ को जित दिलाए। समूह इ मा रहेको स्वीडेनले जुन १४ मा स्पेनसँग खेल्दै युरोकपको सुरुआत गर्नेछ।

Facebook Comments Box