बेल्सले खेल्यो बराबरी, रुस विजयी

युरोकपको तयारीमा रहेको बेल्सले मैत्रीपूर्ण खेलमा बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा बेल्स अल्बानियासँग गोलरहित बराबरीमा रोकिएको हो।

खेलमा अल्बानियामाथि दबाब बनाएपछि बेल्सले गोल भने गर्न सकेन । उसले ५८ प्रतिशत बल पोजेसन बनाउँदै अल्बानियाको पोस्टमा ८ सट प्रहार गरेको थियो, जसमध्ये २ सट फ्रेममा थियो ।

यता अल्बानियाले कुनै पनि सट फ्रेममा प्रहार गर्न सकेन । उसले ३ सट मात्र प्रहार गरेको थियो ।

यसअघि भएको मैत्रीपूर्ण खेलमा बेल्स फ्रान्ससँग ३–०ले पराजित भएको थियो । वेल्स युरोकपको समूह एमा छ । यो समूहमा टर्की, इटाली र स्विजरल्याण्ड छन् ।

यसैगरी अन्य मैत्रीपूर्ण खेलमा रुसले बुल्गेरियालाई १–० ले हरायो । ८४औं मिनेटमा अलेजेन्डर सोबोलेबले पेनाल्टीमा गरेको निर्णायक गोल मद्दतमा रुस विजयी भयो। यस्तै, इजरायलले मन्टेनेग्रोमाथि ३–१को जित निकाल्यो।

Facebook Comments Box