स्पेन र पोर्चुगलले खेले बराबरी, इटालीको सहज जित

युरोकपको तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगलले बराबरी खेल्न इटालीले सहज जित निकालेको छ। शुक्रबार राति भएको खेलमा स्पेन र इटालीले गोलरहित बराबरी खेल्दा इटालीले चेक रिबपब्लिकमाथि ४–०को सहज जित निकाल्यो।

शुक्रबार राति एट्लेटिको मड्रिडको मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरेपनि गोल गर्न नसक्दा बराबरी खेलेका हुन्।

पोर्चुगलविरुद्ध मैदान उत्रँदै अमेरिक लापोर्टले स्पेनिस टिममा डेब्यु गरे । उनले हालै फ्रान्जको नागरिकता त्याग्दै स्पेनको नागरिकता लिएका थिए ।

शुक्रबार राति भएको खेलमा चेक रिपब्लिकविरुद्ध इटालीलाई जित दिलाउने क्रममा सिरो इम्मोइल, निकोलो बरेला, लोरेन्जो इन्सिग्ने र डोमेनिको बेरार्डीले गोल गरे ।

२३औं मिनेटमा इम्मोइलले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ४२औं मिनेटमा बरेलाले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा २ गोल गरेको इटालीले दोस्रो हाफमा पनि थप दुई गोल गरेको थियो। ६६औं मिनेटमा इन्सिग्नेले गोल गर्दै इटालीलाई ३–०को अवस्थामा ल्याए। ७३औं मिनेटमा बेरार्डीले गोल गरेपछि इटालीले ४–० को सहज जित निकाल्यो।

Facebook Comments Box