फ्रेन्ड्सले मनाङलाई रोक्यो, मच्छिन्द्रको कठीन जित

ललितपुरको क्लब फ्रेन्ड्सले डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबलाई बराबरीमा रोकेको छ । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मनाङ फ्रेन्ड्स क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

लिगमा मनाङको यो पहिलो बराबरी हो । यसअघि मनाङले लागातार तीन खेल जितेको थियो । बराबरी पछि पनि मनाङ १० अंकका साथ शीर्ष स्थानमै छ । ९ अंक जोडेको मच्छिन्द्र क्लब दोस्रो स्थानमा छ भने ७ अंक जोडेको थ्री स्टार क्लब तेस्रो स्थानमा छ ।

मनाङले खेलको खेलको सुरुवामै अग्रता लिएको थियो । उसका रञ्जन विष्टले ११औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । उलने जगजित श्रेष्ठको कर्नरमा डिबक्सभित्र हेडिङ मार्फत गोल गरेका थिए ।

फ्रेन्ड्सका उमेश राईले ६३औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले रमेश बर्तौलाको पासमा गोल गरेका हुन् । सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा मनाङ अंक बाँड्न बाध्या भयो । यो बराबरीसँगै फ्रेन्ड्सले लिगमा अंकको खाता पनि खलेको छ ।

मनाङका प्रशिक्षक फुजाले पहिलो हाफमा राम्रो खेलेपनि दोस्रो हाफमा खेलाडीले क्षमता अनुसार प्रदर्शशन गर्न नसक्दा महत्वपूर्ण २ अंक गुमाउनु परेको बताए । यता फ्रेन्ड्सका ब्राजिलियन प्रशिक्षक मार्कस डानटसले बलियो टोलीलाई बराबरीमा रोक्नु सफलता भएको बताए ।

यसैगरी सोमबार नै भएको अर्को खेलमा मच्छिन्द्र क्बलले एनआरटीमाथि १–०को संघर्षपूर्ण जित निकालेको छ । विदेशी खेलाडी सोमिडे एडिलाजाले अन्तिम समयमा गरेको गोल मच्छिन्द्रलाई तीन अंक दिलाउन पर्याप्त भयो ।

उपाधि अभियानमा रहेको मच्छिन्द्र पहिलो हाफको ११औँ मिनेटमा अग्रता लिन चुकेको थियो । सुजल श्रेष्ठको राम्रो प्रहार एनआरटीका गोलरक्षकले क्लियर गरे । ३५औँ मिनेटमा देवेन्द्र तामाङको प्रहार क्रसबारमा लाग्नु मच्छिन्द्रका लागि अर्को दुर्भाग्य बन्यो । खेलको ६१औँ मिनेटमा काउन्टर एट्याकमा तपन कार्कीले गोलरक्षकलाई बिट गर्दै प्रहार गरेको बल बारमा लागेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.