ललितपुर डर्बीमा जावलाखेल र फ्रेन्ड्सको रोमाञ्चक बराबरी

SHARE TO:
Read Time:2 Minute

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबार भएको खेलमा ललितपुर डर्बी रोमाञ्चक रुपमा बराबरीमा सकिएको छ । मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्स क्लबले जाउलाखेल युथ क्लबविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै ३–३ को बराबरी खेलेको हो।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको रोमाञ्चक खेलमा फ्रेण्ड्सले ३ गोलले पछि परेको अवस्था उल्टाउँदै उत्कृष्ट पुनरागमन गर्दै बराबरी खेलेको हो।

खेलमा जावलाखेलका लोइक एन्जिमी कोउहिमले दुई गोल गरे भने अर्को गोल रुपबहादुर लामाको नाममा रह्यो। यस्तै, फ्रेन्ड्सका नाथनियल जुड ग्रासियाले दुई गोल गर्दा जमउल एन्थोनी फ्रान्सिओसले पनि गोलm गरे ।

१२औं मिनेटमा लोइकले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए । ४०औं मिनेटमा लोइकले नै जावलाखेलको अग्रता दोब्बर बनाए । ४५औं मिनेटमा रुपबहादु लामाले गोल गरेपछि जावलाखेलले ३–०को अग्रता लियो ।

पहिलो हाफको इन्जुरी समयमा नाथनियलले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काउने प्रयास गरे । ६९ औं मिनेटमा नाथनियलले नै गोल गर्दै खेललाइृ ३–२को अवस्थामा ल्याए। इन्जुरी समयमा जमउलले गोल गरेपछि फ्रेन्ड्सले उत्कृष्ट पुनरामगन गर्दै अंक जोड्यो ।

यस बराबरीसँगै ११ खेलमा १० अंक जोडेको जावलाखेल ११औं स्थानमा छ भने समान खेलमा ७ अंक जोडेको फ्रेन्ड्स १२औं स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
कमेन्ट गर्नुहोस्ः
SHARE TO:
Previous post च्यासल र ब्रिगेड बोइजले खेले बराबरी, दुवै टिम रेलिगेसनको जोखिममा
Next post करणको स्थानमा गुल्सनले विश्वपक छनोट खेल्ने, तीन दिनभित्र ओमान पुग्ने
Close