ए डिभिजन लिगको पहिलो खेलमै सातदोबाटोले जोड्यो अंक

सहिद स्मारक ए डिभिजन लिगका उद्घाटन खेल बराबरीमा सकिएको छ। पहिलो पटक फ्लड लाइटमा खेलिरहेको फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीचको खेल गोलरहित बरारबीमा सकिएको हो।

पहिलो पटक ए डिभिजन लिग खेलिरहेको सातदोबाटोले १० खेलाडीमा समेटिएको फ्रेन्ड्सविरुद्ध अंक खोस्न सफल भयो। फ्रेन्ड्सका रोनेल एन्टोनी पलले खेलको ७६ मिनेटमा रातो कार्ड खाएपछि ऊ १० खेलाडीमा समेटिएको थियो। खेलमा दुवै टिमले गोलका आवसर सिर्जना गरेपनि गोल भने गर्न सकेनन्।

पहिलो पटक फ्लडलाइटमा भएको ए डिभिजन लिगको खेल गर्न करिब ३ हजार दर्शक दशरथ रंगशालामा उपस्थित थिए। लिग चार स्थानमा हुने भएपनि सुरुआती दुई चरणका खेल भने दशरथ रंगशालामै हुनेछ।

लिगअन्तर्गत शनिबार दुई खेल हुनेछन् । शनिबार हुने पहिलो खेलमा हिमालयन शेर्पा र जावलाखेल युथ क्लब भिड्ने छन् भने दोस्रो खेलमा थ्री स्टारले च्यासल युथ क्लबको सामना गर्ने छ।

Facebook Comments Box