पिएसजीको किपर अरिओला फुलह्याममा

फ्रेन्च क्लब पिएसजीका गोलकिपर अल्फोन्स अरिओला प्रिमियर लिग कलब फुलह्याममा अनुबन्धन भएका छन् । अरिओलालाई यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको फुलह्यामले लोनमा एक वर्षका लागि अनुबन्धन गरेको हो ।

फुलह्यासँग सम्झौता गरेपछि आरिओलाले ऐतिहासिक क्लबसँग जोडिन पाउँदा आफू धेरै खुसी भएको बताएका छन् । उनले भनेका छन्, ‘सबै कुरा पुरा भएको महसुुस गरेको छु, त्यसैले खुसी छु । स्कट पार्करले मलाई बोलाए । आफ्नो शतप्रतिशत दिने छु ।’

फुलहमको मैदानको विषयमा धेरै सुनेको बताउँदै अरिओलाले टिमको लक्ष्य प्राप्तिका लागि सबै चिज दिन चाहेको बताए । फुलहमका मालिक टोनी खानले अरोला निकै अनुभवी र उच्च स्तरका खेलाडी भएको बएताका छन् ।

अघिल्लो सिजन लोनमा रियल मड्रिडमा बिताएका २७ वर्षे अरिओलाले रियलमा थोरै मात्र चान्स पाएका थिए । उनले २ च्याम्पियन्स लिगसहित ९ खेलमा मात्र खेल्ने मौका पाएका थिए । उनले फ्रान्सबाट ३ पटक खेलेका छन् । फ्रान्सले सन् २०१८ मा विश्वकप जित्दा उनलाई टिममा प्रयोग गरिएको थिएन । अरिओलाले पिएसजीबाट १०७ खेल खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP