वुल्भ्सले फुलह्यामलाई हरायो
Read Time:1 Minute
इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्स विजयी भएको छ । शुक्रबार राति भएको खेलमा वुल्भ्सले फुलह्यामलाई १–०ले हराएको हो।
वुल्भ्सको जितमा एडमा टाओरेले निर्णायक गोल गरे। फुलहमको मैदानमा दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा टाओरेले निर्णायक गोल गरेका थिए ।
खेलमा वुल्भ्सले ५१ प्रतिशत बल पोसेसन बनाउँदै फुलह्यामको पोस्टमा ७ सट प्रहार गरेको थियो, जसमध्ये ३ सट फ्रेममा थियो । यता, फुलह्यामले १३ सट प्रहार गर्दा ३ सट नै फ्रेममा थियो।
जितसँगै ३१ खेलमा ३८ अंक वुल्भ्स लिगको १२ औं स्थानमा छ। फुलह्याम २६ अंक जोडेर १८औं स्थानमा छ। उ सेलिगेसन जोनमै छ ।