मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित

Read Time:1 Minute

एएफसी यू–२३ एसियन कप छनोट खेल्न ताजकिस्तान पुगेको नेपाली टिम मैत्रीपूर्ण खेलमा पराजित भएको छ। शुक्रत्रबार भएको मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग २–०ले पराजित भएको हो।

ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा शुक्रबार सम्पन्न खेलमा नेपालले पहिलो हाफमा इन्डोनेसियालाई रोकेपनि दोस्रो हाफमा २ गोल खाएको थियो। इन्डोनेसियाका लागि हसिन सागधरा र विटेन सुलेमानले गोल गरे।

सागधराले खेलको ५५औं मिनेटमा गोल गर्दै इन्डोनेसियालाई अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयमा विटेन सुलेमानले गोल गरेपछि नेपाल इन्डोनेसियासँग २–०ले पराजित भयो।

नेपालले एसियन कप छनोटको तयारीका लागि इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेलेको हो। छनोट प्रतियोगितामा नेपाल इरान, लेबनान र आयोजक ताजिकिस्तानसँगै समूह बीमा छ। नेपालले २५ अक्टोबरमा इरान, २८ अक्टोबरमा ताजिकिस्तान र लेबनानसँग ३१ अक्टोबरमा प्रतिस्पर्धा गर्नेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post उपमेयर कप राष्ट्रिय महिला लिग छनोट : शिवसताक्षी र बासँगढी विजयी
Next post नामिबिया पहिलो पटक टि–२० विश्वकपको सुपर १२मा
Close