
एसियन कप छनोटका लागि नेपाली फुटसल टिमको घोषण
एएफसी फुटसल एसियन कप छनोटको लागि नेपालको अन्तिम टोली घोषणा गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार १४ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्।
दोस्रो चरणको प्रशिक्षणमा रहेका २२ खेलाडीबाट अन्तिम टोली छानिएको हो । यसअघि प्रशिक्षक बस्नेतले प्रारम्भिक चरणमा ३२ खेलाडीलाई बोलाएर १३ फागुनदेखि प्रशिक्षण सुरु गरेका थिए । त्यसपछि उनले १० खेलाडीलाई बाहिर राख्दै दवस्रो चरणमा २२ खेलाडी छनोट गरेका थिए ।
एसियाली फुटबल महासंघअन्तर्गत मध्य र दक्षिण एसियाली क्षेत्रको समूह बी मा रहेको नेपालले यसपटक एसियाली पावरहाउस उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानको सामना गर्दैछ ।
किर्गिस्तानमा चैत १८ देखि बैशाख २ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालले चैत २७ गते उज्वेकिस्तान, २८ गते ताजिकिस्तान र २९ गते अफगानिस्तानसँग खेल्दैछ ।
नेपाली टोली
गोलकिपर : अनिश श्रेष्ठ, विश्वास पौडेल
फिक्सो : विजय श्रेष्ठ, सरोज तामाङ, सुरज गुरुङ
एला स: आदील हमाद, क्रिजल खड्का, मणि कुमार लामा, रोशन छन्त्याल, सुमित श्रेष्ठ, उर्केन शेर्पा
पिभोट : हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ