जिसस र सिल्भाको गोलमा म्यानचेस्टर सिटीको सहज जित

इंग्लिस क्लब म्यानेचस्टर सिटीले च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६को पहिलो लेगमा सहज जित निकालेको छ। ग्याब्रियल जिसस र बर्नार्डो सिल्भाको गोल मद्दतमा सिटीले जर्मन क्लब बोरुसिया मोन्चेनग्लादबाखलाई २–० गोलअन्तरले पराजित गरेको हो।

बोरुसिया मोन्चेनग्लादबाख आफ्नै मैदानमा सिटीसँग हारेको हो। सिटीको जितमा बेर्नार्डो सिल्भा र गाब्रियल जिससले गोल गरे।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो। खेलको २९ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई १–० गोलको गोलको अग्रता दिलाए।

सुरुवातदेखि नै दबाबमा आएको बोरुसिया मोन्चेनग्लादबाखले दोस्रो हाफमा पनि दबाबमै खेल्यो। खेलको ६५ औं मिनेटमा गाब्रियलले गोल गर्दै सिटीलाई २–० गोलको जित दिलाए।

यो जितसँगै म्यानचेस्टर सिटीले लगातार १९ औं खेलमा जित निकालेको छ। पछिल्लो समयमा निकै लयमा देखिएको सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा छ। सिटीलाई प्रिमियर लिगको मात्रै हैन च्याम्पियन्स लिगको उपाधि दाबेदार टिमको रुपमा लिइँदै आएको छ।

सिटीले अब आफ्नै घरेलु मैदानमा बोरुसिया मोन्चेनग्लादबाखसँग मार्च १७ मा प्रतिस्पर्धा गर्नैछ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.