एकेडेमी सञ्चालनसम्बन्धी सम्झौता हेटौंडा उपमहानगरले रद्द गरेपछि गणेश थापा भन्छन्– दुई दिनमै सम्झौता रद्द हुँदा निकै दुःख लाग्यो

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले फुटबल एकेडेमी सञ्चालनका लागि गत बुधबार हेटौंडा उपमहानगरपालिकासँग गरे । एकेडेमी सञ्चालका लागि गत बुधबार हेटौंडा उपमहानगरपालिकाले थापा अध्यक्ष रहेको नेपाल स्पोर्टस् अर्गनाइजेसनसँग सम्झौता रद्द गरेको थियो ।

तर, थापासँग एकेडेमी सञ्चालनका लागि सम्झौता गरेको २ दिनमै हेटौंडा उपमहानगरले सम्झौता रद्द गर्ने निर्णय गरेको छ। एकेडेमी सञ्चालनका लागि २५ लाख रुपैयाँ बराबरको सभ्झौता दुई दिनमै रद्द भएपछि गणेश थापाले आफूलाई निकै दुःख लागेको बताएका छन्।

हेटौंडामा आइतबार पत्रकार सम्मेलन गर्दै थापाले भने, ‘उत्साहका साथ सम्झौता भएको थियो, तर, दुई दिनमा यसरी सम्झौता रद्द भएको सुन्दा निकै दुःख लागेको छ। ।’ पत्रकार सम्मेलनमा उनले फिफाले फुटबल गतिविधि गर्न प्रतिबन्ध लगाएको कारण देखाएर उपमहानगरपालिकाले सम्झौता रद्द भएको उपमहानगरपालिकाले जानकराी दिएको बताए ।

जिल्लाभरिका गाउँपालिका र नगरपालिकाबाट छानिएका खेलाडीलाई आवासीय र शिक्षाको सुविधासहित फुटबल प्रशिक्षणको सम्पूर्ण जिम्मा लिने गरी एकेडेमी सञ्चालनको तयारी भइरहेको थापाले बताए । उनले आफ्नो कारणले एकेडेमी सञ्चालन हुन नसक्ने हो भने आफू पछि हट्न पनि तयार रहेको बताए ।

Facebook Comments Box