चिनियाँ क्लबमा बेल !

जिनेदिन जिदान प्रशिक्षकमा पुनः क्लबमा फर्किएपछि रियल म्याड्रिडमा पर्याप्त अवसर नपाएका बेल्स स्टार ग्यारेथ बेल चिनियाँ क्लबमा आबद्ध भएको चर्चा अहिले ट्रान्सफर मार्केट तातेको छ ।

बेलायती पत्रिका मिररका अनुसार बेले चाइनिज सुपर लिगको क्लबसँग जिआङ्सु सुनिङ सम्झौता गरिसकेका छन् । प्रतिसाता १ मिलियन पाउण्ड पाउने गरी बेलले जिआङ्सु सुनिङसँग सम्झौता गरेको मिररले उल्लेख गरेको छ । बेल केही दिनमै मेडिकलका लागि चीन जाने बताइएको छ ।

जिदान प्रशिक्षकमा रुपमा पुनः रियल फर्किएपछि रियलमा बेलको भविष्य अन्योलमा थियो । बेल र जिदानबीच सम्बन्ध राम्रो नभएका उनी पछिल्लो समय बेन्चमा बस्न बाध्य थिए । प्रि सिजिन टुरको बार्यन म्युनिखविरुद्धको पहिलो खेल पनि टिम स्थान बनाउन असफल भएपछि बेल रियल छाडने मनिस्थितिमा पुगेका थिए ।

बायर्न म्युनिखविरुद्धको खेलपछि जिदान बेलले भोलि नै क्लब छाडे पनि कुनै आपत्ति नहुने अभिव्यक्ति दिएपछि रियलमा बेलको भविष्य अनिश्चित बनेको थियो । जिदानको त्यस्तो प्रतिक्रियासँगै बेल र उनका एजेन्ट उनीप्रति रुष्ट थिए । रियल छाड्ने निर्णयमा पुगेका थिए ।

रुष्ट बनेका बेलका एजेन्ट जोनाथन बार्नेट जिदान फुटबलका कलंक भएको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘बेलले रियलका लागि धेरै योगदान दिएका छन् । आफैं पूर्वखेलाडी भएर पनि जिदानले खेलाडीको सम्मान गर्न जानेनन् । उनी फुटबलका कलंक हुन् ।’

बेललाई भित्र्याउन इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड, टोटनह्याम, जर्मन क्लब बायर्न म्युनिख र इटालियन क्लब इन्टर मिलानले चासो देखाएका थिए । यता, रियलनै बेललाई पिएसजी पठाएर केही पैसा थपेर ब्राजिलियन स्टार नेमार ल्याउने योजनामा थियो ।

बेलले जिआङ्सु सुनिङसँग सम्झौता गरिसकेको खबरसँगै रियलका फ्लोरेन्टिनो पेरेजको बेलसँग नेमार साट्ने योजना पनि तुहिएको छ ।

जिआङ्सु सुनिङसँग सम्झौता गरेपछि बेल इन्टर मिलाउन आउने सम्भावना पनि बढेको छ । जिआङ्सु सुनिङ र इन्टर मिलान दुवै क्लब चिनियाँ कम्पनी सुनिङ होल्डिङ ग्रुपकै स्वामित्वमा रहेकाले बेल लोनमा इन्टर आउने सम्भावना बढेको हो । बेललाई भित्र्याउने इन्टरले पटक–पटक प्रयास गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *