बेलले रियलमा ११ नम्बरको जर्सी नलगाउने

Read Time:2 Minute

स्पेनिस जाइन्ट रियल मन्ड्रिडका ३१ वेल्स स्टार ग्यारेथ बेलले आगामी सिजन ११ नम्बरको जर्सी नलगाउने भएका छन्।

लोनमा टोटनहममा १ सिजन बिताएर फर्किएका बेलले यो सिजन रियलमा ११ नम्बरको जर्सी नलगाउने घोषणा गरेका हुन्। उलने टोटनहममा ९ नम्बरको जर्सी लगाएका थिए।

सन् २०१३ मा टोटहमबाट रियल आएयता बेलले ११ नम्बरको जर्सी लगाउँदै आएका थिए। अघिल्लो सिजन बेल लोनमा पुनः टोटनहम पुगेका रियलमा ११ नम्बरको जर्सी मार्को ओसेन्सियाले लगाएका थिए।

बेलले ११ नम्बरको जर्सी नलगाउने बताएपछि उनीसँग यो जर्सी नम्बर ‘चुज’ गर्न थोरै अप्सन मात्र बाँकी छन्। सम्भवतः बेलसँग १४, १६ र १८ नम्बरको जर्सी चुज गर्ने अप्सनमात्र हुनेछ।

अहिले रियला १६ नम्बरको जर्सीमात्र खाली छ। लुका जोभिच लोनमा क्लब छाड्ने सक्ने भएपिछ १८ नम्बर जर्सी खाली भएको हो । यस्तै, ब्राजिलियन मिडफिल्डर कासेमिरोले लगाउँदै आएको १४ नम्बरको जर्सी पनि खाली हुने सम्भावना छ।

कासेमिरोले यो सिजन रियलमा ५ नम्बरको जर्सी लगाउने सम्भावना प्रवेल छ। किनभने कासेमिरोले ब्राजिलयन टिममा पनि ५ नम्बरकै जर्सी लगाउने भएकाले उनले रिलयमा पनि त्यही जर्सी रोज्न सम्भावना छ। फ्रेन्च डिफेन्डर राफेल भराने रियल छाड्दै म्यान्चेस्टर युनाइटेड लागेपछि रियलमा ५ नम्बरको जर्सी खाली छ।

७ सिजन रियलमा बिताएका बेलले पछिल्ला केही सिजन यता रियला कमैमात्र अवसर पाउने गरेका छन्। उलने रियलका लागि २५१ खेल खेल्दै १०५ गोल गर्नुका साथै ६८ असिस्ट गरेका छन्। उनले अघिल्लो सिजन भने टोटनहमबाट ३४ खेलमा १६ गोल गरेका थिए।

रियलबाट उनले ४ च्याम्पियन्स लिग, २ ला लिगा, ३ क्लब विश्वकप, २ सुपर कप, १ कोपा डेल रे र १ सुपर कोपा डे स्पाना गरी कुल १३ उपाधि जितेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post कीर्तिमानसहित ड्रेसलले जिते ओलम्पिकमा तीन स्वर्ण
Next post श्रीलंकन बलर इसुरु उडानले लिए सन्न्यास
Close