आगमी सिजन रियलबाट खेल्दै सन्न्यास लिने बेलका चाहना

अहिले लोनमा आफ्नै पूर्वक्लब टोटनह्यामबाट लोनमा खेलिरहेका वेल्स स्टार स्ट्राइकर ग्यारेथ बेलले आगामी सिजन रियल मड्रिडबाट खेल्दै सन्न्यास लिन चाहना राखेका छन्। पछिल्ला दुई सिजन रियलबाट पर्याप्त अवसर नपाएपछि बेल गत सेप्टेम्बरमा पूर्वक्लब टोनह्याम लोनमा आएका थिए।

रियलमा खासै चान्स नपाएका बेलले टोटनह्याममा भने राम्रै प्रदर्शन गरेका छन् । उनले टोटनह्यामका लागि ३३ गोल खेल्दे १४ गोल गरेका छन्। तर, पछिल्लो केही सतायता उनी फिटनेसका कारण प्लेइङसेटमा स्थान बनाउन सकेकका छैनन्।

रियल मड्रिडसँग बेलको सम्झौता सिजनको अन्त्यसम्म छ । त्यसैले आगामी सिजन रियलमै बिताउँदै सन्न्यास लिन चाहेको एक स्पेनिस पत्रिकासँगको कुराकानीमा बेलले बताएका छन्।

बेल सन् २०१३मा टोटनह्यामबाट कीर्तिमानी मूल्य १ सय मिलियन युरामा रियल आएका थिए । त्यसता उनले रियलबाट २५१ खेल खेल्दै १०५ गोल गरेका छन् । उनले रियलबाट ४ च्याम्पियन्स लिग र २ ला लिगासहित १३ उपाधि जितेका छन्।

Facebook Comments Box