
युरोकपसम्म साउथगेट नै इंग्ल्यान्डको प्रशिक्षक
Read Time:1 Minute
गेराथ साउथगेट तत्काल इंग्लिस फुबटल टिमको मुख्य प्रशिक्षकबाट नहट्ने भएका छन्। इंग्लिस फुटबल एसोसिएशनले साउथगेट आगमी युरोकपसम्म इंग्लिस टिमको मुख्य प्रशिक्षक रहने जनाएको छ।
कतार विश्वकपमा इंग्ल्यान्ड क्वार्टरफाइनलबाटै बाहिरिएपछि साउथगेटको भविष्य अन्यौलमा परेको थियो । ंक्वार्टरफाइनलमा इंग्ल्यान्ड फ्रान्ससँग २–१ पराजित भएको थियो।
तर, एसोसिएशनले उनलाई सन् २०२४मा जर्मनीमा हुने युरोकपसम्म साउथगेटलाई नै निरन्तरता दिने निर्णय गरेको छ। योसँगै उनलाई इंग्लिस टिमलाई उपाधि दिलाउने अर्को अवसर थपिएको छ।
५२ वर्षीय साउथगेट सन् २०१६मा इंग्लिस टिमको मुख्य प्रशिक्षक बनेका थिए। उनको नेतृत्वमा इंग्ल्यान्ड सन् २०१८को विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो भने २०२०का युरोकपको फाइनलमा पुगेको थियो । फाइनलमा उ पेनाल्टी सुटआउटमा इटालीसँग पराजित भएको थियो।