महिला टिमका मुख्य प्रशिक्षक फिलिप्स भन्छन्– खेलाडीहरू उत्कृष्ट प्रदर्शन गर्न आतुर छन्

Read Time:3 Minute

नेपाली महिला फुटबल टिम यतिबेला आसन्न एसियन कप छनोटको तयारीमा छ। उज्वेकिस्तनमा हुने छनोट प्रतियोगिताको तयारीका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले करिब १ महिनादेखि बन्द गराइरहेका छन्।

छनोट प्रतियोगता खेल्न जानुअघि नेपाली टिमले घरेलु मैदानमा बंगलादेशसँग २ मैत्रीपूर्ण खेल पनि खेल्ने छ। खेल दरशरथ रंगशालामा भदौ २४ र २७ गते हुनेछ।

नेपालले यो पटक एसियन कपमा छनोट हुने योजना बनाएको छ। मुख्य प्रशिक्षक ग्यारी फिलिप्स पनि त्यसमा सहमत छन्। ‘हाम्रो एकमात्र लक्ष्य एसियन कप छनोट हुने नै हो। हाम्रो खेलमा दिनानुदिन सुधार भइरहेको छ,’ उनले भने।

नेपाली टिममा सिनियर अनुभावी र युवा खेलाडीको मिश्रण रहेकाले राम्रो नतिजा आउनेमा उनी आशावादी छन्। ‘करिब एक महिनादेखि हामी बन्द प्रशिक्षणमा छौं । खेलाडीहरु उत्कृष्ट प्रदर्शन गर्न आतुर छन्,’ उनले भने, ‘यो समग्रमा नेपाली महिला टिमका लागि चुनौतीसँगै विशेष अवसर पनि हो ।’

एसियन कप छनोटका लागि फिलिप्सले मंगलबार मात्र २३ सदस्यी टिम घोषणा गरेका थिए । सो टिममा ७ नयाँ खेलाडीले मौका पाएका छन् । प्रशिक्षक फिलिप्सले टिममा क्षमतावान नयाँ खेलाडीको आगमनले टिममा विशेष उर्जा ल्याएको बताए।

उनले छनोटअघि जतिसक्दो धेरै अभ्यास खेल खेल्न पाए टिमको प्रदर्शनमा सुधार आउने बताए । त्यसैअनुसर बंगलादेशसँगको मैत्रीपूर्ण खेल तय भएको उनले बताए । उनले मैत्रीपूर्ण खेलका लागि भारतले पनि प्रस्ताव गरेको बताए । उनले भने, ‘भारतले पनि मैत्रीपूर्ण खेलको प्रस्ताव गरेको छ, सायद एक–दुई दिनमै त्यसको पनि टुंगो लागने छ ।’

मुख्य प्रशिक्षक फिलिप्सले अन्तिम टिम छनोट भइसकेका अब आफ्नो ध्यान फिटनेशमा केन्द्रित भएको बताए । साथै रणनीतिमा पनि ध्यान दिने उनले स्पष्ट पारे।

एएफसी महिला एसियान कप छनोटमा नेपाल समूह एफमा छ । यो समूहमा नेपाल, फिलिपिन्स र हङकङ छन् । उज्वेकिस्तानमा हुने छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग सेप्टेम्बर १८मा खेल्ने छ।

नेपालले छनोटको दोस्रो खेल हङकङसँग सेप्टेम्बर २१मा खेल्ने छ । समूहको अन्तिम खेल फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ मा हुनेछ।

छनोटको समूह एफको छनोट खेल नेपालमै आयोजना हुने तय थियो । अन्तिम समयमा कोरोनाको कारण देखाउँदै छनोट खेल नेपालबाट उज्वेकिस्तान सारिएको हो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सी डिभिजन लिग छनोट सुरु, उद्घाटन खेलमा सतासीधाम र च्याम्पियन्स बोइजले खेले बराबरी
Next post ब्राजिलियन युवा स्ट्राइकर कुन्हा एट्लेटिको मड्रिडमा
Close