
लेन्ससँग हारबाट जोगियो पिएसजी
Read Time:1 Minute
स्टार खेलाडीले भरिएको पिएसजी लिग वानमा बराबरीमा रोकिएको छ । लिग वानअन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीलाई लेन्सले १–१ गोलको बराबरीमा रोकेको हो।
इन्जुरीको अन्तिमतिर जर्निनियो विज्नाल्डमले गोल गरेपछि पिएसजी हारबाट जोगिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६२औं मिनेटमा लेन्सले अग्रता लियो।
लेन्सका लागि सेको फोफानाले गोल गरेका थिए । तर, इन्जुरी समयको दोस्रो मिनेटमा विज्नाल्डमले गोल गर्दै पिएजीलाई हारबाट जोगाए ।
लियोनल मेसी, कलियन एम्बाप्पेसहित मैदानमा उत्रिएको पिएसजीले ६५ प्रतिशत बल पोजेसन बनाउँदै १३ सट प्रहार गर्दा ६ सट फ्रेममा थियो । यता, लेन्सले १८ सट प्रहार गरेकोमा ७ सट फ्रेममा थियो।
बराबरी पछि पनि पिएसजी शीर्ष स्थानमै छ। उसले १७ खेलमा ४२ अंक जोडेको छ। २७ अंक जोडेको लेन्स पाँचौं स्थानमा छ।
े