रामोसले दुई पेनाल्टी चुकाउँदा स्पेन रोकियो, जर्मनी विजयी

Read Time:3 Minute

कप्तान सर्जियो रामोसले दुई पेनाल्टीमा गोल गर्न नसेपछि स्पेन नेसन्स लिगमा लिगमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रामोसले दुई पेनाल्टी मिस गरेपछि स्पेन स्वीट्जरल्यान्डसँग १–१ गोलको बराबरीमा रोकियो ।

रामोसले कीर्तिमानी खेलमा बिर्सन लायक प्रदर्शन गरे । १७७ अन्तर्राष्टि खेल खेलका रामोस स्पेनबाट सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । २६ औं मिनेटमा रिमो फ्रयूलरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

५७ औं मिनेटमा स्पेनले बराबरी गर्ने अवसर पायो । तर, रिकार्डो रोड्रिगेजले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीमा रामोस गोल गर्न चुके । उनको प्रहार घरेलु टोलीका गोलकिपर यान सोमरले बचाए ।

७९ औं मिनेटमा निको इल्भेदीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा स्विट्जरल्यान्ड १० खेलाडीमा समेटियो । अल्भारो मोराटालाई पेनाल्टी क्षेत्रमा लडाएपछि निकोले कार्ड पाएका थिए ।

खेलको ७९ औं मिनेटमा जेर्राड मोरेनोले गोल गर्दै स्पेनलाई हारबाट जोगाए । स्पेनले ८० औं मिनेटमा पुनः पेनाल्टी पाएको थियो । उक्त अवसरमा कप्तान रामोस फेरी गोल गर्न चुके । उनको दोस्रो प्रहार पनि गोलकिपर सोमरले बचाए ।

यसैगरी लिग एको समूह ४ कै अर्को खेलमा जर्मनीले युक्रेनलाई ३–१ले परािजत भएको छ । जर्मनीको जितमा टिमो वार्नरले २ गोल गरे भने लिरोए सानेले १ गोल गरेका थिए । युक्रेनका रोमन एरेम्चुकले गोल गरेका थिए ।

खेलमा अग्रता युक्रेनले लियो । १२औं मिनेटमा एरेम्चुकले गोल गोल गरेका थिए । सानेले २३औं मिनेटमा गोल गर्दै जर्मनीलाई खेलमा फर्काए । ३३औं मिनेमा वार्नरले गोल गरेपछि जर्मनीले पहिलो हाफमा २–१को अग्रता लियो । ६४औं मिनेटमा वार्नरले नै गोल गरेपछि जर्मनीले युक्रेनमाथि ३–१को जित निकाल्यो ।

लिग ए समूह ४ मा ९ अंक जोडेको जर्मनी शीर्ष स्थानमा छ भने ८ अंक जोडेको स्पेन दोस्रो स्थानमा छ । यो समूहबाट फाइनल्स पुग्ने टिमको टुंगो अन्तिम खेलपछि लाग्ने छ । युक्रेन ६ अंकका साथ तेस्रो र ३ अंक जोडेको स्विट्जरल्यान्ड पुछारमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

21 thoughts on “रामोसले दुई पेनाल्टी चुकाउँदा स्पेन रोकियो, जर्मनी विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post फ्रान्ससँगको हारसँगै नेसन्स लिगबाट बाहिरियो पोर्चुगल
Next post कराँची किंग्स पिएसलको फाइनलमा, मुल्तान सुल्तान सुपर ओभरमा पराजित
Close