म्याच प्रिभ्यू : जर्मनीको लक्ष्य समूह विजेता, हंगेरीको लक्ष्य नकआउट चरण

समूह एफकै अर्को खेलमा जर्मनी र हंगेरी भिड्दै छन् । म्युनिखमा हुने यो खेल राति १२ः४५बजे सुरु हुने छ। म्युनिखमा मैदानमा उत्रँदा दुवैको लक्ष्य जित नै हुनेछ।

जर्मनी जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यामा छ भने हंगेरी जित निकाल्दै नकआउटमा स्थान सुरक्षित बनाउन चाहन्छ । यो समूहमा जर्मनी ३ अंकसहित दोस्रो स्थानमा छ भने हंगेरी १ अंकसहित पुछारमा छ।

तर, जितले मात्रै जर्मनीको शीर्ष स्थान भने पक्का हुँदैन । त्यसको अर्को खेलमा फ्रान्सले पोर्चुगलसँग अंक गुमाउने पर्ने छ। जर्मनीलाई समूह चरणबाटै बाहिरने डर पनि हुने छ। हंगेरीसँग उ पराजित भए, फ्रान्सले पाेर्चुगलसँग अ‌क गुमाए जर्मनी समूह चरणाबाटै बाहिरिने छ। जितले ह‍ंगेरीकाे नकआउट चरण सुरक्षित हुने छ ।

सन् १९५४ को विश्वकपपछि जर्मनी र हंगेरी पहिलोपल्ट कुनै ठूलो प्रतियोगितामा खेलिरहेका छन् । त्यस ऐतिहासिक खेललाई अहिलेसम्म पनि ‘बर्नको चमत्कार’ का रूपमा सम्झिने गरिन्छ । तत्कालीन पश्चिम जर्मनीले हंगेरीलाई त्यतिबेला ३–२ ले हराएको थियो ।

जर्मनीले पछाडि रहेको स्थितिबाट हंगेरीलाई हराएको थियो । त्यतिबेला हंगेरी विश्व फुटबलको महाशक्ति थियो । हंगेरीका अहिलेका प्रशिक्षक मार्को रोसी मान्छन्, अहिलेको टिमसँग पुरानो हंगेरी टिमसँग पक्कै तुलना गर्न सकिन्न । तर जर्मनीलाई हराएर अहिलेको टिम अन्तिम १६ भने पुग्न सक्छ ।

Facebook Comments Box