लात्भियाको पोस्टमा जर्मनीको आधा दर्जन गोल

युरोकप फुटलब अघि भएको मैत्रीपूर्ण फुटबल खेलमा जर्मनीले सहज जित निकालेको छ। सोमबार राति भएको खेलमा जर्मनीले लात्भियालाई ७–१ को फराकिलो अन्तरले पराजित गरेका हो।

जर्मनीको जितमा टिमो वार्नर र लिरो सानेले २–२ गोल गर्दा थोमस मुलर, रोविन गोसेन्स, इल्के गुन्डोगन, मुलर, सर्ज गनाब्री गोल गरेका थिए। जर्मनीले एक आत्मघाती गोल उपहार पाएको थियो ।लात्भियाका लाग अलेक्सेस साभेल्जेभ्सले एक गोल फर्काए ।

जर्मनीले पहिलो हाफमा ४ र दोस्रो हाफमा ३ गोल गरेको थियो। पहिलो हाफमा जर्मनीले रोविन गोसेन्स, इल्के गुन्डोगन, मुलर, सर्ज ग्याब्री र एक आत्मघाति गोल उपहार पाएको थियो ।दोस्रो हाफमा टिमो वार्नर र लिरो सानेले दुई गोल थपेपछि जर्मनीले प्रभावशाली जित निकाल्यो ।

यो खेलसँगै कप्तान म्यानुअल नेउर सय क्याप पुरा गर्ने पहिलो जर्मन गोलकिपर बनेका छन्। ।

जर्मनीले युरो कपको पहिलो खेलमा विश्व च्याम्पियन फ्रान्ससंग खेल्नेछ । समूह एफमा रहेको जर्मनीसँगै पोर्चुगल, फ्रान्स र हंगेरी समेत छन् ।

Facebook Comments Box