लामेलाको गोल सेभिया विजयी

इरिक लामेलाले निर्णायक गोल गरेपछि स्पेनिस ला लिगामा सेभिया विजयी भएको छ । सोमबार राति भएको खेलमा लामेलाले अन्तिम समयमा गोल गरेपछि सेभियाले गेटाफले उसकै मैदानमा १–०ले हारयो।

खेलमा लामेलाले दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेका थिए । यसै सिजन टोटनहमबाट सेभिया आएका लामेलाको यो ला लिगामा तेस्रो गोल हो। यसअघि उनले पहिलो खेलमा रायाो भालाकानोविरुद्ध २ गोल गरेका थिए।

खेलमा सेभियाले ६३ प्रतिशत बल पोजेसन बनाउँदै गेटाफेको पोस्टमा ९ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो । यता गेटाफेले १२ सट प्रहार गर्दा कुनै पनि सट फ्रेममा थिएन।

यसैगरी ला लिगाअन्तर्गत नै अर्को खेलमा ओसासुना र सेल्टाभिगोको गोलरहित बराबरी खेलेका छन्।

Facebook Comments Box