बाल्यकालको क्लब फर्किए बुफोन

इटालीका भेट्रान गोलकिपर जियानलुजी बुफोन आफ्नो बाल्यकालको क्लब पार्मा फर्किएका छन् । सिजनको अन्तयसँगै युभेन्ट्स छाडेका बुफोनले शुक्रबार २०वर्षपछि बाल्यकाल क्लब पार्मामा फर्किएका हुन् ।

४३ वर्षीय बुफोनले पार्मासँग २ वर्षको सम्झौता गरेका छन् । पार्मा गत सिजन सिरी एबाट रेलिगेसनमा परेको थियो। पार्माका अध्यक्ष काल क्रउसले बुफोनलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन् । उनले यसलाई आफूहरुको लागि विशेष क्षण मानेका छन् ।

बुफोनले सन् १९९१ मा पार्माकै एकेडेमीबाट फुटबल करिअर सुरु गरेका थिए । त्यसको ४ वर्षपछि उनले पार्माको सियिनर टिममा डेब्यू गरेका थिए। उनले पार्माबाट २२० खेल खेलेका थिए ।
बुफोन सन् २००१ मा पार्माबाट २३.३ मिलियन यरोमा युभेन्ट्स आएका थिए । त्यो त्यतिबेलाको गोलकिपरको कीर्तिमानी ट्रान्सफर थियो।

युभेन्ट्स आएता बुफोनोले लगतार १७ सिजन युभेन्ट्सका लागि खेले । उनी सन् २०१८मा युभेन्ट्स छाड्दै फ्रेन्च क्लब पिएसजी गएका थिए, त्यहाँ एक सिजन बिताए उनी फेरि युभेन्ट्स नै फर्किएका थिए ।

बुफोनले युभेन्ट्सबाट १० सिरि ए र ४ पटक कोपा इटालिया जितेका छन्। उनले युभेन्ट्सका लागि ६८३ खेल खेलेका छन्।

विश्वकप विजेता बुफोनले इटालीबाट १७६ खेल खेलका छन् । इटालीले सन् २००६ को विश्वकप जित्दा उनी टिमका मुख्य खेलाडी थिए। राष्ट्रिय टिमबाट उनले सन् २०१८ मा सन्न्यास लिएका थिए।

सन् २००६ मा फिफा विश्वकप जितेको इटली टिमको सदस्य बुफोनले राष्ट्रिय टिमबाट १७६ खेल खेलेका छन् । यस्तै सिरी एमा उनले सर्वाधिक ६५६ खेल खेलेका छन् । गत सिजन उनले युभेन्ट्सका लागि १४ खेल खेलेका थिए ।

Facebook Comments Box