अर्जेन्टिनासँगको खेलपछि चिलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने

Read Time:1 Minute

इटालियन भेट्रान डिफेन्डर जर्जियो चिलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन्। जुन १ मा हुने ‘फाइनालिसिमा’ अर्जेन्टिनाविरुद्धको खेलसँगै ३८ वर्षीय चिलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट विश्राम लिने जनाएका छन्।

सिरि ए अन्तगर्तत सोमबार राति भएको युभेन्टसले ससुओलोमाथि २–१को जित निकालेलगत्तै चिलिनीले वेम्बलीमा अन्तर्राष्टिय फुटबल करिअरको अन्त्य गर्ने घोषणा गरेका हुन्।

इटालीका लागि चिलिनीको अन्तिम खेल वेम्बली स्टेडियममा हुनेछ। उनले यही मैदानमा इटालीलाई युरोका २०२० को उपाधि दिलाउन नेतृत्व गरेका थिए।

तर, अन्तिम पटक विश्वकप खेल्ने चिलिनीको सपना भने पुरा हुन सकेन । विश्वकप छनोटको प्लेअफमा नर्थ म्यासेडोनियासँग इटाली १–० ले पराजित भएपछि चिलिनीको सपना अधुरै रहेको हो।

१८ वर्ष अन्तर्राष्ट्रिय फुटबलमा बिताएका चिलिनीले नोभेम्बर २००४ मा फिनल्याण्डविरुद्धको मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। उनले इटालीका लागि ११६ क्याप जितेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सिरि एमा युभेन्ट्सको पुनरागमन जित
Next post आईपिएलमा चेन्नईको छैठौं हार
Close