चिलिनी अझै दुई वर्ष युभेन्टसमा रहने

इटालियन भेट्रान डिफेन्डर जर्जिओ चिलिनी अझै दुई सिजन युभेन्टसमै रहने छन् । यसैसिजन सम्झौता सकिएका ३६ वर्षीय चिलिनीले सोमबारमात्र दुई वर्षका लागि युभेन्टससँग सभ्mभौतान नवीकरण गरेका छन् ।

यससँगै युभेन्टसमा उनको खेल जीवनले १८ वर्ष छुन सक्नेछ । यसअनुसार सन् २०२३ सम्म उनी टुरिनमा हुनेछन् र त्यति बेला उनी ३८ वर्षका हुनेछन् ।

युरो २०२० मा इटालीका कप्तान रहेका ३६ वर्षीय चिलिनीको त्यस प्रतियोगिताका क्रममा कुनै अनुबन्ध रहेको थिएन । युरोमा उनको प्रदर्शन उत्कृष्ट रह्यो र इटाली उपाधि जित्न पनि सफल रह्यो ।

क्लबले भनेको छ, ‘चिलिनी युभेन्टस इतिहासको एक भाग हुन् । अनि उनी वर्तमान र भविष्यका प्रतिनिधि पनि हुन् ।’ चिलिनीले युभेन्टसका लागि अहिलेसम्म १४ प्रमुख उपाधि जितेका छन् ।

Facebook Comments Box