
लेवान्डोस्कीले जिते गोल्डेन फुट अवार्ड
Read Time:1 Minute
सन् २०२२ को गोल्नेन फुट अवार्ड बार्सिलोनाका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले प्राप्त गरेका छन्। हरेक वर्ष यो अवार्ड क्लब र देशका लागि उत्कृष्ट योगदान दिने २८ वर्षमाथि खेलाडीलाई प्रदान गरिन्छ ।
अवार्ड प्राप्त गरेपछि लेवान्डोस्कीले खुसी र गर्वको महसूस भएको बताएका छन्। उनले आफैंलाई आफैंप्रति गर्व महसूस भएको पनि उनले उल्लेल गरेका छन्।
मोनाकोको राजपरिवारले दिने यो अवार्ड अघिल्लो सिरिज लिभरपुलका मोहम्मद सलाहले पाएका थिए। थुप्रै स्टार फुटबलरहरुले प्राप्त गरेको यो अवार्ड अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले भने अहिलेसम्म पाएका छैनन्।