आर्सनलका जाका तीन महिना मैदान बाहिर रहने

इंग्लिस क्लब आर्सनलका स्वीस मिडफिल्डर ग्रानिट जाका ३ महिना मैदान बाहिर रहने भएका छन्। घुँडाको चोटका कारण जाका ३ महिना मैदान बाहिर रहने आर्सनलले जनाएको छ।

जाका इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको टोटनहमसँगको खेलमा घाइते भएका थिए । उनको दायाँ घुँडाको लिगांमेन्टमा चोट लागेको छ।

नर्थ लन्डन डर्बीमा जाका २७औं मिनेटमा घाइते हुँदै मैदान छाड्का बाध्या भएका थिए । टाेटनहमका लुकास माैरासँग ठाेकिँदा उनी घाइते भएका थिए। जाका बाहिरिँदा खेलका आर्सनल २–०ले अघि थियो।

३ महिला मैदान बाहिर रहने भएपनि जाको घुँडाको शल्यक्रिया भने गर्नु नपर्ने बताइएको छ। जाकाको रिकभरीका लागि आर्सनले प्रक्रिया थालेको छ।

Facebook Comments Box