ग्रीजम्यान र जिरुडको गोलमा फ्रान्सले क्रोएसियालाई हरायो

अनुभवी स्ट्राइकरद्वय एन्टोइन ग्रिजम्यान र ओलिभर जिरुडले गोल गरेपछि विश्वच्याम्पियन फ्रान्सले युइएफ नेसन्स लिगमा लगातार दोस्रो जिन निकालेको छ । मंगलबार राति भएको खेलमा १–०ले पछि परेको अवस्था उल्टाउँदै फ्रान्सले ४–२को जि निकालेको हो ।

फ्रान्सको घरेलु मैदान स्टेड डे फ्रान्समा डेजान लोभरेनले १७औं मिनेटमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । ४३औं मिनेटमा एन्टोनी ग्रीजमनले फ्रान्सका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफको अन्तिममा क्रोएसियाका डोमिनिक लाकोभिचले आत्मघाती गोल गरेपछि फ्रान्सले २(१ को अग्रता बनायो । ५५औं मिनेटमा ङ्क्रोसियाका जोसिफ ब्रेकाकोले गोल गर्दै खेल बाबरीमा ल्याए ।

६५औं मिनेटमा डायोट उपामेकानोले गोल गर्दै फ्रान्सलाई ३(२ को अग्रता दिलाए । ७७औं मिनेटमा ओलिभर जिरुडले गोल गरेपछि फ्रान्सले सहज जित हात पारेको हो । जिरुडले अन्तर्राष्ट्रिय फुटबलमा ४०औं गोल गरेका हुन् । फ्रान्सका लागि सर्वाधिक ५१ गोल थिएरी हेनरीले गरेका छन् ।

लिग एको समूह ३ मा पोर्चुगल र फ्रान्सले समान ६ अंक भएपनि गोल अन्तरमा फ्रान्स दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP