ग्रुफ अफ डेथका तीन टिम अन्तिम १६मै रोकिए

युरोकपको १६औं संस्करणमा बुधबार रातिबाट अन्तिम १६का खेलहरु सकिएका छन्। समूह चरणमा प्रत्येक समूहका शर्ष २ र प्रत्येक समूहका तेस्रो स्थानमा रहेका टिमको शीर्ष ४ टिमले अन्तिम १६मा खेलका थिए ।

जसबाट अन्तिम ८मा समूह एबाट इटाली र स्वीट्जल्यान्ड, समूह बीबाट बेल्जियम र डेनमार्क, समूह सीबाट युक्रेन, समूह डीबाट इंग्ल्यानड र चेक रिपब्लिक तथा समूह इबाट स्पेनले स्थान बनाएको छ।

युरोकपको सबैभन्दा कठीन मानिएको समूह अर्थात् ग्रुप अफ डेथ एफबाट भने कुनै पनि टिम अन्तिम ८मा पुग्न सकेनन् । समूह ईमा युरोकपका सबै ठूला तीन दाबेदार फ्रान्स, पोर्चुगल र जर्मनीसँगै हंगेरी थिए।

यो समूहबाट फ्रान्स, जर्मनी र पोर्चुगलले क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदै नकआउट चरणमा स्थान बनाए । यी मध्ये डिफेन्डिङ च्याम्पियन पोर्चुगलले निकै कडा प्रतिद्वन्द्वी पायो, बेल्जियम। यस्तै, जर्मनीले इंग्ल्यान्ड प्रतिद्वन्द्वी पाउँदा विश्वविजेता फ्रान्सले तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी स्वीट्जरल्यान्डलाई पायो । तर, दाबेदार तीनै टिम अन्तिम १६ भन्दा माथि जान सकेनन् ।

जसमा पोर्चुगल विश्व नम्बर एक टिमविरुद्ध उत्कृष्ट खेल प्रदर्शनका बाबजुद पनि १–०ले पराजित भयो । यता, फ्रान्स र जर्मनीले पनि राम्रो खेल खल्न सकेनन् । स्वीट्जरल्यान्डविरुद्ध २ गोलको अग्रता जोगाउन नसक्दा फ्रान्स पेनाल्टी सुटआउटमा ५–४ ले पराजित भयो भने जर्मनी इंग्ल्यान्डसँग २–०ले पराजित भयो।

तीन ठूला दाबेदार टिम अन्तिम १६बाटै बाहिरिएपछि अब दाबेदारका रुपमा इटाली, स्पेन, बेल्जियम र इंग्ल्यान्ड मात्र छन् । त्यसमा पनि सहज पोलमा परेका कम्ति इंग्ल्यान्डको फाइलनसम्मको यात्रा सहज देखिएको छ। यता, इटाली, स्पेन, बेल्जियम मध्ये एक टिम मात्र फाइलन पुग्ने छन्।

Facebook Comments Box